spot_img

अब सातै प्रदेशमा एमालेले सिफारिस गरेका प्रदेश प्रमुख, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

spot_img

काठमाडाैँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हेरफेर गरेकी छिन् । यससँगै सातवटै प्रदेशमा एमालेकै तर्फबाट प्रदेश प्रमुख बनेका छन् ।मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले गण्डकीमा चितवनकी सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा पूर्वउपसभामुख गंगाप्रसाद यादवलाई प्रमुखमा नियुक्त गरेकी हुन् ।

दुवैले राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति भण्डारीबाट सोमबारै शपथ लिएका छन् । नियुक्तिअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई प्रदेश प्रमुख हेरफेरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।चितवनकी पौडेल अनेमसंघकी पूर्वमहासचिव हुन् भने पूर्वउपसभामुख यादव ०७४ मा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । उनीहरू दुवैले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

यसअघि ८ फागुनमा २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राष्ट्रपति भण्डारीले डा. राजेश अहिराजलाई नियुक्त गरेका थिए । माओवादी केन्द्रबाट सिफारिस भएका अब कोही पनि प्रदेश प्रमुख छैनन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img