पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ ।मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए ।
बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो ।उनको सचिवालय स्रोतले मुख्यमन्त्री गुरुङ बिरामी भएको पुष्टि गरे पनि थप केही खुलाउन चाहेको छैन ।उनका स्वकीय सचिव विक्रम न्यौपानेलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपाने हाल आइसोलेसनमा छन् ।