काठमाडौं,एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताएका छन् ।बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् ।
‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उनले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’