जयनन्द उपाध्याय ( जयस ),डाेल्पा
पश्चिम रुकुम चौरजारीको सोतीमा जुन खालको घटना घट्यो यसले साच्चिकै डरलाग्दो जातिय भेदभाव पुर्ण दानविय व्यवहारको बिकरालरुप भयको प्रस्ट देखायो यस घटनाले सबैलाई स्तब्ध बनायाे। यस्तो घृणित कार्य जती नै निन्दा गरे पनी कम हुन्छ यो घटना मानवसमुदायकै कलंकित रुप हो । हाम्रो समाजमा अझै पनी जातिबिभेदका घटना घटीरहेकाछन कत्तिपनी कमि आईरहेका छैनन् । यसघटनामा ज्यान अर्पण गर्ने पिडीत नवराज बिक लगायत उनका मृतक साथिहरुका आत्माले शान्ति पाऊन भन्ने कामनाका साथ हार्दिक श्रद्धाञ्जी व्यक्त गर्दै यसघटनामा संगल्गन दोषिहरुलाई कानुनिकारबाहीको माग गर्दै पिडीत परिवारहरुलाई न्याय दिन सरकार संग जोडदार माग गर्दछु ।

अझै सम्म हाम्रो समाजमा चेतनाको अभाव कायमै ? अझै पनी साना जातलाई ठुला जातले जे गरे पनि हुन्छ भन्ने राणाकालिन दम्भ कायमै छ ? देशमा गणतन्त्रात्मक सासन प्रर्णाली आईसक्दा पनी सिमान्तकृत जाती र समुदायले किन न्याय पाईरहेका छैनन्? उनीहरूलाई समानताको सास फेर्न किन यति गारो भईरहेको छ ? समाजमा बिभेदले किन यती सारो जरा गाडेर बसको छ दण्डहिनता बढेको बढै छ नेपालसरकार कानुनको किताव सिरानमा राखेर सुतेको सुतेई छ लैङ्गिक ,सामाजिक जातिय बिभेदका मुद्दा टेबुलमा दर्ता हुदाँ पनी सम्बन्धित निकायले नियमकानुन बन्द खोपिमा राखी सामान्य मिलापत्र नामको देखावटी कागज गरी झारा टार्ने काम गरी दोषिलाई माफि दिनाले यस्तो जघन्य घटनाहरूले प्रसय पाईरहेको त हैन भन्ने संका उत्पन्न गरेको छ। मानवअधिकार बादीहरु संगै जताततै चाऊझै उम्रियका सामाजिक संघ सस्था र बिषेश गरी जातिय बिभेद उन्मूलन गर्न स्थापना भयका दलित संघ संस्थाहरुको प्रगति सुन्य स्थितीमा छ , उनीहरु सकृय भयजस्तो देखिन्छन चहलपहल गर्छन फेरी केही समयको लागी कानमा तेल हालेर बसिरहन्छन , फेरी बुझ्नछन फेरी सुत्छन यस्तै प्रक्रिया चलिरहन्छ तर भेदभाव थिचोमिचोको सृखंला जारी रहन्छन ।

समाज रुपान्तरणका लागी गठनभयका राजनीतिक पाटीहरु चुनाव जित्नकोलागीआफ्ना चुनावी घोषणा पत्रहरुमा आकर्षक नारा को रुपमा लैङ्गिक मुद्दा र जातिय बिभेदका बिषय उठायन गर्दै उत्पिडनमा परेका जाती र समुदायवाट मत लिदै बिजयी हुन्छन सरकारमा पुग्छन जव शक्ति र सस्ताको रसपान गर्न मस्त हुन्छन तव उत्पिडन परेका जनता र जातीका मुद्दाहरू ओझेलमा पदर्छन व्यवहार मा लागु गर्नत के अझ उचारण गर्न सम्म हुदैनन् ति नाराहरु, केवल घोषणा पत्रका पानाहरुमा मात्र सिमीत हुन्छन । अनी कसरी हुन्छ त परिवर्तन हाम्रो सोचाई पुरानै हाम्रो बिचार पुरानै हाम्रो रहनसहन पुरानै हाम्रो आचारण पुरानै सबै पुरानै भयपछी कसरी चल्छ नयाँ व्यवस्था कसरी कार्यन्वन हुन्छन यि नियम कानुन त्यसैले हामी सबैले अव नयाँ बहसको थालनी गर्नुपर्दछ सोक लाई शक्ती मा बदल्दै अव अगि बढ्नु पर्दछ ।

हिजो आज हाम्रो समाजलाई खल्वलाऊने गरी हामो धार्मीक आस्थालाई भत्काऊने गरी नेपालमा जातिय बिभेदको मुख्य कारण हिन्दु धर्म भयको भन्ने पश्चिमा संस्कार बिषेस गरी क्रिश्चियनधर्मले आफ्नो धर्म बिस्तार गर्नको लागी घृर्णित आरोप लगाई प्रचारप्रचार गर्ने दुस प्रयास गरिरहेको छ , यो सरासर झुट छ भ्रम छ यस्मा हाम्रो गम्भिर आप्ती हुनुपर्दछ गम्भीर ध्यानकर्सण रहनुपर्दछ । हामीसबैले के स्पस्ट हुन जरुरी छ भने धर्म र जातियताको बिषय एउटै बाकसमा हालेर हेरीयो भने गम्भिर भुल हुने छ ठुलै अपमान गरेको ठहर हुनेछ। हाम्रो हिन्दू धर्म सनातनकाल देखी चलिआयको सृष्टि जगतको रक्षाका लागि सानो ठुलो नभनेर कमिला देखी हात्ती सम्म पशु पंन्छी ,जिव जिवात्मा ,वनस्पती हावापानी ढुङ्गामाटो हुदै मानव जगत विश्व ब्रम्हाण्ड सम्म एकनास समानरुपमा सबैको रक्षाका लागी स्थापित भयको पबित्र ज्ञान पबित्र आस्था जो निरन्तर अबिचलित भेदभाव रहित विशाल चक्रको रुपमा अगिबढीरहेको छ।


















