spot_img

राष्ट्रिय सभा उपनिर्वाचनका लागि नेमकिपाले बनायो तामाङलाई उम्मेदवार

spot_img

काठमाडाैँ, बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।६ जेठमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेमकिपाले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि शुक्रबार हेटौँडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीमा नेमकिपाका प्रदेश सभा सांसद सुरेन्द्रराज गोसाईं र अर्की सांसद सिर्जना सैंजू समर्थक रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ तामाङसहित हालसम्म तीनजनाको उम्मेदवारी दर्ता भइसकेको छ ।

यसअघि सत्तारुढ नेकपा एमालेको तर्फबाट रामबहादुर थापा बादल र नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षका संयुक्त गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् । उपनिर्वाचनका लागि हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा मतदान हुने तय भइसकेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img