spot_img

” भविष्यमा जातीयताका नाममा रूकुममा भएका जस्ता घटना नहुन् ” नागरिक समाज,डाेल्पा

spot_img

काठमाडाैँ,जेष्ठ १० गते  शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीगाउँमा भएको घटनाका दाेषीलाइ हदैसम्मकाे कारबाहि गर्न नागरिक समाज डाेल्पा र जिल्लामा  दलित अधिकारका क्षेत्रमा काम गर्दै संघसंस्थाले माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नागरिक समाज र गरिब तथा दलित उत्थान समिति,डोल्पो दलित सशक्तिकरण र महिला सशक्तिकरण डोल्पाले अन्तरजातिय  विवाहकाे बिषयलाई लिएर भएकाे घटना  अमानविय र निन्दनिय भएकाे उल्लेख गरेका छन् । मुलुकमा गणतन्त्र आइसक्दा समेत जातजातिकाे विषयलाइ लिएर क्रुर,जघन्य र अमानविय ढङ्गबाट घटना भएको भन्दै सत्यतथ्य र निश्पक्ष छानविनको माग समेत गरेका छन्। उक्त जातिय विभेदको घटनाले समाजलाई द्धन्दको बाटोतर्फ धकेल्नुका साथै मानव अधिकार उलंघनको सफेद नमुना देखाएको भन्दै घाेर भत्सना  गरीएकाे छ ।रुढीवाद,कुसंस्कार र अन्धविश्वासका कारण नेपाली समाज अझै रुपान्तरण हुन नसकेको जारी विज्ञप्तिमा उल्लेख छ । साेति घटनामा मृतककाे संख्या नवराज विक सहित ४ पुगेकाे छ भने अन्य २ जना बेपत्ता छन् । पिडित परिवारले २० जना बिरूद् किजानी जाहेरी दिएका छन् ।  घटना संलग्न १८ जना पक्राउ परेका छन् भने २ को खोजी जारी रहेकाे प्रहरीले जनाएकाे छ । विज्ञप्ति ः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img