spot_img

पिपिई खोल ओडेर शववाहनचालकको कालोबजारी, एक किलोमिटर शव बोकेको १० हजार

spot_img

रुपन्देही,पिपिई खोलको नाममा शववाहनचालकले रुपन्देहीमा मनलाग्दी भाडा असुलेको पाइएको छ । सर्वसाधारणले भनेको समयमा शववाहन र एम्बुलेन्स नपाइरहेको अवस्थामा पाइहाले पनि निकै महँगो रकम भुक्तानी गर्नुपरेको बुटवल उपमहानगरपालिका–११ का टेकबहादुर सूर्यवंशीले बताए । ‘आफन्त मरेको पीडा छँदै छ, त्यसमाथि पनि एम्बुलेन्स र शव वाहनचालकले मनलाग्दी भाडा असुल्ने गरेका छन् ।’भैरहवास्थित भीम अस्पतालअगाडि आफन्तको शव स्वर्गद्वारी घाटसम्म लैजान शववाहन खोजेका उनले अस्पतालदेखि एक किलोमिटर पर रहेको घाटसम्म लगेको १० हजार मागेपछि उनी निराश बने । लु २ च ७४०३ नम्बरको बुद्ध जागरण सामाजिक सेवा अभियान नेपालले सञ्चालन गरेको शववाहनले १० हजार रुपैयाँ मागे । सूर्यवंशीले बताए ।

शववाहनचालकले पिपिई लगाएको र शव निकालेपछि शववाहन निसंक्रमित गर्नुपर्ने भएकाले १० हजार भाडा लिएको बताए । शव वाहनको भाडा जिल्ला प्रशासनबाट स्वीकृत भएको चालकको दाबी छ ।नेपाल सरकारले राजस्व छुटमा सञ्चालनमा रहेका शववाहन र एम्बुलेन्सको अनुगमन हुनभने सकेको छैन । भीम अस्पताल परिसरमा भेटिएका सिद्धार्थनगर नगरपालिका वडा–३ का वडाध्यक्ष थानेश्वर पौडेलले शववाहनले १० हजार भाडा असुल्नु नियमविपरीत भएको बताए ।

संयुक्त एम्बुलेन्सचालक संघ रुपन्देहीका अध्यक्ष मनु गुरुङले शव बोक्ने चालकको छुट्टै मापदण्ड भएको बताए । अस्पतालबाट शव ब्यवस्थापन गर्ने स्थानसम्म पु¥याएको सरकारले १५ लिटर एम्बुलेन्सका लागि तेल दिने र चालकलाई दुई हजार प्रोत्साहन भत्ता दिने नियम रहेको गुरुङले बताए । कुनै चालकले बदमासी गरे कानुनी कारबाही गर्न सिफारिस गर्ने उनले बताए ।रुपन्देहीकाशववाहनमात्रनभएरएम्बुलेन्सचालकहरूले पनि जबर्जस्ती भाडा असुल्ने गरेको बिरामीका आफन्तहरूको भनाइ छ । रुपन्देहीमा ९२ वटा एम्बुलेन्स र चारवटा शववाहन सञ्चालनमा छन् । सबै नेपाल सरकारबाट भन्सार छुटमा सञ्चालित हुन् ।नयाँ पत्रिकामा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img