spot_img

खनाल–नेपाल समूह भर्चुअल बैठकमा, निर्णय पर्खिदैं ओली पक्ष

spot_img

काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको ढोका बन्द गरे सांसद पदबाट सामूहिक राजीनामा दिनेगरी हस्ताक्षर गरेको एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल समूहका स्थायी समिति सदस्यहरुबीच छलफल सुरु भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरुसँग भर्चुअल माध्यमबाट अहिले पालैपालो छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले बताए । २ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउनेगरी ओली समूहले लचकता अपनाए राजीनामा रोकेर सोमबार सरकारलाई विश्वासको मत दिने खनाल–नेपाल समूहको निष्कर्ष छ । तर, शनिवारका त्यस्तो निष्कर्षपछि पनि ओली पक्षले खनाल–नेपाल समूहका नेतासँग सम्वाद अगाडि बढाएको छैन ।

ओली समूह भने खनाल–नेपाल पक्षको स्थायी समितिको निर्णयपछि मात्र परिस्थिति हेरेर छलफल गर्ने योजनामा देखिएको छ । ‘उताबाटै साथीहरुले छलफलका लागि खबर गर्ने कुरा थियो’ संसदीय दलका उपनेता सुबास नेम्बाङले भने,‘तर अहिलेसम्म कुनै खबर आएको छैन, समय मिलाउनुभो भने हामी कुरा गर्छौं ।’ खनाल–नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामाको निर्णय गरेपछि कसरी अगाडि बढ्ने विषयमा आन्तरिक रुपमा पनि कुनै छलफल नभएको नेता नेम्बाङले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img