spot_img

मेयरकाे मृत्युपछि त्रिपुरासुन्दरी नगरपालिकामा ३ दिने शाेककाे घाेषणा,एक इमान्दारि,विकास प्रेमी र कुशल नेतृत्व गुमायाैँःउपमेयर

spot_img

डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएपछि नगरसभाले शाेककाे घाेषणा गरेकाे छ । साेमबार बसेकाे नगरसभाकाे बैठकले ३ दिनसम्म साेक मनाउने घाेषणा गरेकाे हाे । शाेककाे पहिलाे दिन नगरपालिकाकाे केन्द्र बगर डाेल्पामा शाेक सभाकाे आयाेजना गरिएकाे थियाे । दाेस्राे दिनमा सम्पूर्ण वडाहरूमा शाेक सभाकाे आयाेजना गर्ने निर्णय गरेकाे छ । ३ दिन सम्म नगरपालिका भित्रका सम्पुर्ण कामकाज बन्द गर्ने  सहित नगरपालिकाकाे कार्यालयकाे झण्डा समेत अाधा झुकाइएकाे नगरसभाले निर्णय गरेकाे उपमेयर चन्द्राकुमारी बुढाले जानकारी दिनुभयाे ।

कोरोना संक्रमणबाट बुढाको काठमाडाैँकाे सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे थियाे ।  बुढा एक  जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित थिए। एमालेबाट मेयरमा निर्वाचित भएका बुढाकाे मृत्युले सिँङ्गाे डाेल्पा जिल्ला शाेकमा डुबेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img