spot_img

मकवानपुरमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

spot_img

मकवानपुर, मकवानपुरमा सोमबार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पिसीआर प्रविधिबाट परिक्षण गर्दा ५४ जना महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहितमकवानपुरका १ सय ९ जनामा रहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी १ सय जनामा संक्रमण देखिएको छ भने मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का २९ जना, हेटौंडा–४ का १९ जना, हेटौंडा–६ का १० जना, हेटौंडा–१ का ६, हेटौंडा–२ का ८ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ५ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१० का ७ जना, हेटौंडा–११ र १२ का २÷२ जना, हेटौंडा–१९ का १ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा घर भएका अर्का एक जना संक्रमितको भने वडा खुल्न सकेको छैन् । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६० प्रतिशत रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img