spot_img

हेलिकोप्टरमा बढी भाडा प्रकरण ः तोकेभन्दा बढी भाडा असुले कारबाही हुने

spot_img

काठमाडाैँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।प्राधिकरणले गुनासो गर्नका लागि छट्टै युनिटसमेत गठन गरेको छ । भाडा बढी लिइएको भन्ने गुनासो आउनेबित्तिकै सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र गरेर बढी भाडा असुल नगर्न निर्देशनसमेत दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

नयाँ पत्रिका दैनिकले हेलिकोप्टर कम्पनीहरूले बढी भाडा असुल गरेको समाचार प्रकाशन गरेको थियो । नियमक निकाय प्राधिकरणले कारबाही गर्न नसकेको आरोप लागिरहेका वेला प्राधिकरणले निर्देशन दिएको हो ।‘सरकारले ०७२ चैत ७ को मन्त्रीस्तरीय निर्णयअनुसार तोकेको भाडाभन्दा बढी असुल नगर्न भनेका छौँ,’ महानिर्देशक पोखरेलले भने । सरकारले ०७२ सालमा ए३५० सिरिज तथा बेल २०६ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानको बढीमा १ हजार ५ सय डलर लिने पाउने गरी भाडा तोकेको थियो । नेपालमा अधिकांश हेलिकोप्टर कम्पनीसँग सोही सिरिजका हेलिकोप्टर रहेका छन् । त्यस्तै, आर४४ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानका लागि १ हजार डलर तोकिएको थियो । एमआई १७ का लागि भने प्रतिघन्टा ६ हजार डलर तोकिएको थियो ।

अहिले कम्पनीहरूले कोभिडका बिरामी चार्टरमा डक्टर तथा अन्य शुल्क लिएका कारण पनि बढी रकम पुगेको भन्दै प्राधिकरणलाई स्पष्टीकरण दिएका थिए । ‘हामीले अहिले सहुलियत दरमै उडान गर्न निर्देशन दिएका छौँ, कम्पनीहरूले सरकारले तोकेको भन्दा पनि कम १ हजार २ सय डलर प्रतिघन्टा उडान गर्ने प्रतिबद्धता जनाएका छन्,’ पोखरेलले भने ।वायुसेवा सञ्चालक संघ (आयोन) ले पनि स्वास्थ्य मापदण्डका कारण केही रकम थप भएको स्वीकार गर्दै महामारीमा सहुलियतमा उडान गर्न सार्वजनिक अपिल गरेको छ । संघले विज्ञप्तिमार्फत तोकिएको भन्दा धेरै रकम नलिन आग्रह गर्दै गुनासो गर्नका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।नयाँ पत्रिकामा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img