spot_img

काठमाडौंमा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित

spot_img

काठमाडौं, काठमाडौं उपत्यकामा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गर्न थालिएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णय अनुसार नेपाली सेनाले उपत्यकामा संकलित सिलिन्डर मन्त्रालयमा केन्द्रित गरेको हो । प्रहरीले उपत्यकाका उद्योगधन्दा, वर्कशप, वेल्डिङ पसल र व्यक्तिको घरमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ ।

ती सिलिन्डर स्वास्थ्य मन्त्रालयमा संकलन गरेर आवश्यक अस्पताललाई उपलब्ध गराइने बताइएको छ । महानगरीय प्रहरी परिसरको मातहतमा बुधवार साँझसम्म २ सय सिलिन्डर संकलन गरिएको छ । ति सिलिन्डर स्वास्थ्य मन्त्रालयमा पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।संकलित सिलिन्डर मन्त्रालयले नै रिफिल गरेर अस्पतालको माग अनुसार उपलब्ध गराउने सिसिएमसीले निर्णय गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img