spot_img

झलनाथ खनालले जिते कोरोना, प्लाज्मा थेरापी विधिबाट भएको थियो उपचार

spot_img

काठमाडौं, कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् ।बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुँदैछन् ।नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img