मोटरसाईकलमा सवार कमला नगरपालिका ८ हरिनेका वर्ष १८ को अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र गोली राउन्ड ३ बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह समेतलाई पक्राउ गरिएको छ ।
बरामद पेस्तोल, गोली र मोटरसाईकलसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई प्रहरीले अनुसंधान सुरु गरेको छ ।
त्यसतै सर्लाही जिल्लामा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका-३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।
दुबै जना हतियारसहित घुमिरहेको विशेष सूचना आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट प्रहरी निरीक्षक उमेशमान आमात्यको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएसपी मदन कुँवले जनाकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।
उनका अनुसार गाउँपालिका- ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।



















