spot_img

गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म ,जनमोर्चाका कारण आवश्यक संसदको हस्ताक्षर पुगेन

spot_img

गण्डकीप्रदेश, आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने निश्चित भएपछि गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज ४ बजे सकिँदैछ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन्न ।

नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका तिन मध्ये एक सांसदले हस्ताक्षर नगर्दा नयाँ सरकार गठनका लागि आवश्यक सांसदको हस्ताक्षर नपुगेको हो । जस्का कारण नयाँ सरकार गठनको काम अन्योलमा परेको छ । जनमोर्चाका तीन सांसदमध्ये दलका नेता समेत रहेका कृष्ण थापाले काग्रेस नेतृत्वमा गठन हुने सरकारलाई आफुले कुनै हातमा समर्थन नगर्ने अडान लिएपछि नयाँ सरकार गठनमा समस्या परेको हो । हस्ताक्षर नगरेको विषयलाई लिएर पार्टीले गरेको कारबाही सहन आफु तयार रहेको तर कांग्रेस नेतृत्वको सरकारलाई कुनै हालतमा सर्मथन नगर्न भनाई थापाको छ ।

६० सदस्य प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । पाँच दलमध्ये तीन सिट रहेको जनमोर्चा सरकार गठनका लागि निर्णायक अवस्थामा छ । उस्ले जसलाई सहयोग गर्छ उसैको सरकार बन्ने अवस्था गण्डकी छ । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, नेपाली काग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद छन् ।

हाल एमाले र एक स्वतन्त्र गरि २८ जना एकातिर र काग्रेस, माओवादी र जसपाका गरि २८ जना सांसद अर्कोतिर रहेका छन् । दुवै तर्फ २८÷२८ जना भएपछि सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन दुबै पक्षलाई तिन सांसदको आवश्यकता रहेको छ ।यस अघि जनमोर्चाले समर्थन गर्ने निर्णय गरेपछि काग्रेस, माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दत्र्ता गदै काग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

थापालाइ १ घण्टाको समय दिएर सोधियो स्पष्टीकरण
पार्टीको केन्द्रले समेत काग्रेस नेतृत्वमा गठन हुने नयाँ सरकारका पक्षमा हस्ताक्षर गर्न आफना सांसदहरुलाई निर्देशन र ह्व्पि जारी गर्दा समेत थापाले अटेर गरेका थिए । पार्टीको निर्णय अटेर गरेका थापालाई १ घण्टाको समय दिएर पार्टीले स्पष्टीकरण सोधेको छ । थापाले चुत्त बुझदो जवाफ नदिए आजै कारबाही गर्ने र काग्रेस नेतृत्वमा बन्न लागेको सरकारलाई बाटो खुल्ला गरिदिने तयारी जनमोर्चाको छ । पार्टीको निर्णय पालना गर्न प्रदेश अध्यक्ष शंकर बरालले मंगलवार थापासंग १ घण्टा कुरा गरेपनि थापा नमानेपछि उनलाई बुधवार पार्टी केन्द्रले स्पष्टीकरण सोधेको हो ।

थापालाई कारबाही भए यस्तो हुनेछ समिकरण

६० सदस्य प्रदेश सभामा जनमोर्चाले आफना सांसदलाई कारबाही गरि सांसदवाट हटाए सांसद संख्या ५९ हुनेछ । सरकार गठनका लागि ३० सांसदको हस्ताक्षर आवश्यक पर्छ । जुन हस्ताक्षर काग्रेस नेतृत्वको गठवन्धले संकलन गरिसकेकाले काग्रेस नेतृत्वमा सरकार गठन गर्न बाटो खुल्ला हुनेछ ।

ठुलो दलको सरकार बन्ने सम्भावना पनि
प्रदेश प्रमुखले दिएको समय सकिन दलहरुलाई अव केही घण्टामात्र समय छ । बाकीरहेको समयमा आवश्यक संख्या सहित दाबी पेश गर्न कोही नगए प्रदेश सभामा रहेको ठुलो दलको सरकार बन्ने कानुनी व्यवस्था छ । नयाँ घटकले ३१ जना सांसदको हस्ताक्षर पुरयाउन नसके ठुलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमालेले सरकार बनाउन पाउनेछ ।नयाँ पत्रिकामा खबर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img