spot_img

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

spot_img

काठमाडाैँ,  एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।

यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिरहेको छ । सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ ।बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेर घरतिर हिँडेका छन् ।

उता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुर्ने भएका छन् । सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकिएकाले काँग्रेस सभापति देउवाको टोली शीतलनिवास आउन सक्ने भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरु कुरेर बसिरहेका छन् ।राति ९ बजेसम्म देउवाको टोली नआएमा केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवासको तयारी छ ।राताेपाटीमा खबर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img