spot_img

प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजे

spot_img

काठमाडाैँ, तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै छन्।प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजेलाई तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।शितल निवासमा अहिले प्रधानमन्त्री ओलीको मात्रै सपथको सूचना पुगेको भए पनि उनले आफूसँगै केही मन्त्रीलाई पनि सपथ खुवाउन सक्नेछन्।

मन्त्रीहरूलाई पनि राष्ट्रपतिले नै सपथ खुवाउने संवैधानिक व्यवस्था छ। सोहीअनुसार ओलीकै सपथ कार्यक्रममा अरू मन्त्रीहरूले पनि सपथ लिने सम्भावना छ।आज को–को मन्त्रीले सपथ लिन्छन् भन्ने खुलिसकेको छैन।यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नगरेपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ। प्रतिनिधि सभामा विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्।यसअघि वैशाख २७ गते संसदमा बहुमत गुमाएपछि उनी पदमुक्त भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img