spot_img

माधव समुह तत्काल सरकारमा सहभागी नबन्ने

spot_img

काठमाडौं, एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘मन्त्रिमण्डल कत्रो बनाउने र को को सहभागी हुने भन्ने प्रधानमन्त्रीज्यूले आन्तरिक छलफल गरिरहनुभएको छ,’ नेता नेम्वाङले भने, ‘सकभर सबै पक्षलाई समेट्ने भन्ने नै छ ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको बताइएको छ । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ ।‘प्रधानमन्त्रीले सरकारमा सहभागी बनौँ भनेर प्रस्ताव गर्नु स्वभाविक हो तर हामी तत्काल त्यो पक्षमा छैनौ’, नेता नेपाल निकट स्रोतले भन्यो, ‘पार्टीभित्रका समस्या समाधान नभई सरकारमा जाने कुरै छैन । पाटीभित्रका अन्तरविरोधहरु मिलाउन उहाँ (प्रधानमन्त्री) जेठ २ गतेमा फर्कने भन्ने कुरा छ त्यो विषयमा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने कुनै सम्भावना हुँदैन ।’

संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी राजनीतिक दलहरुले सरकार गठन गर्न नसकेपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नै धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।तीन दिनसम्म ७६ को २ अनुसार सरकार गठन गर्न गृहकार्य गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच एकमत बन्न नसक्दा ओलीले पुनः तेस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् । पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img