काठमाडाैँ, नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीच सुरु भएको प्रारम्भिक संवाद एमालेका निम्ति महत्वपूर्ण घटनाका रूपमा स्थापित होस् भन्ने शुभेच्छा जाहेर गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि दुई नेताले चालेको कदम पार्टी एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।उनले केपी ओली नेपालको ४३औँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसमेत दिए ।