निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी
काठमाडाैँ, आगामी जेठ ६ गते बागमति प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ ।शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मको लागि आचारसंहिता लागु भएको जानकारी दिएका छन् ।
आयोगको आचार संहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।