विकासले गति लिदैँ डाेल्पाकाे मुड्केचुला गाउँपालिका एकैचाेटि ३ वटा टावर सञ्चाल देखि गाडी समेत पुग्याे ।
डोल्पा, डाेल्पाकाे मुड्केचुला गाउँपालिका विकासमा गति लिदैँ छ । भाैगाेलिक विकटताका विच गाउँपालिकामा गाडी पुगेकाे छ । गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीका अनुसार गाउँपालिका वासीले लामाे समय देखि समस्या झेल्दै अाएकाे सञ्चार सेवा र यातायात सेवा सुरूवात भएकाे छ ।
माअाेवादी केन्द्रका युवा नेता समेत शाहीले अहाेरात्र खटेर मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासीले आज देखि पालिका भरी सञ्चार सेवा पाएकाे बताए । पालिकाको वडा ३ प्यारीलेक , पातीहाल्न र वडा ८ को ओक्टमा एकै साथ तीन वटा टावर निर्माण भइ सञ्चालनमा आएपछि स्थानीयवासीले टेलिफोन सेवा सहज रुपमा पाएको स्थानीयवासी दिलिप सिंहले बताउनुभयो । सञ्चार सेवा भन्दा बाहिर रहेका मुड्केचलावासीले घरमै बसेर फोन गर्न पाउदा खुसी भएको सिंहले बताउनुभयो ।
आज दिउँसोबाट नमस्तेको टावर सञ्चालन आएसँगै गाउँपालिकाको कुनै पनि क्षेत्रमा फोन सम्पर्क गर्न सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । गाउँपालिका भरी टेलिफोन टावर निर्माण गर्ने अध्यक्ष शाहीको चुनावी नारा रहेको थियो ।
सञ्चार सेवा पुगेपछि स्थानियमा खुशि छाएकाे छ । यस्तै अाइतबार नै गाउँपालिकामा गाडी समेत पुगेकाे छ । जगदुल्ला गाउँपालिकाबाट मुड्केचुलाकाे अाेग्टसम्म ट्याक्टर पुगेकाे गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयाे । भाैगाेलिक कठिनाइका विच मुड्केचुलाले विकासकाे गति लिइराखेकाे र थप विकासका लागि नियरन्तर प्रयास जारी रहेकाे उहाँकाे दावी छ ।