spot_img

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्‍यु

spot_img

 काठमाडौँ,  बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १÷१ जना कञ्‍चनपुर, दाङ र सुर्खेतका छन् ।

यस्तै भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३ः४५ बजे, मधुबन नगरपालिका–९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २ः३० बजे र बासगढी नगरपालिका–६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्‍यु भएको छ ।यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्‍ज उपमहानगरपालिका–६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५ः३० बजे र कोहलपुर नगरपालिका–९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्‍यु भएको छ ।

यस्तै भिमदत्त नगरपालिका–३ कञ्‍चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्‍यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२ः ३० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img