हेपाटाइटिस बी नियन्त्रणका लागि डाेल्पाे बुद्ध गाउँपालिकाकाे वृहत अभियान शुरू
काठमाडाैँ,उपल्लाे डाेल्पाकाे डाेल्पाे बुद्ध गाउँपालिकाले हेपाटाइटिस बी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेकाे छ । गाउँपालिका भित्र अनुमानित २५-३५% काे जनसंख्यामा हेपाटाइटिस बी लागेकाे अनुमान छ । हेपाटाइटिस बि नियन्त्रण तथा राेकथमका लागि खाेप ल्याएर आगामि साता देखि हेपाटाइटिस बिकाे स्कृनिङ तथा बक्सिनेसन कार्यक्रम सञ्चालन गर्न थालिएका डाेल्पाे बुद्ध गाउँपालिकाकाे वडा नम्वर १ का वडाअध्यक्ष ग्याल्पाे भाेटेले जानकारि दिए ।
वडाध्यक्ष ग्याल्पाेका अनुसार गाउँपालिकाका सबै वडामा,धाे तरापका विद्यार्थीहरुले स्थापना गरेको एक स्थानीय गैर नाफामुलक समाजिक संस्था भिजन डाेल्पाेकाे अयाेजनामा उक्त कार्यक्रमकाे लागि डाेल्पाे टुल्कु च्यारिटेवल फउान्डेसन, एक एक पाइला,नाेम्याड क्लिनिक र एक्सन डाेल्पाेले सहयाेग गर्नेछन्। दुर्गम र आर्थिक हिसावले पिछाडिएकाे क्षेत्र उपल्लाे डाेल्पा संघ र प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारमा कुनै सुनुवाइ नभएपछि हाल डाेल्पाे बुद्ध गाउँपालिका आफै आधारभुत स्वास्थ सेवा दिन लागिपरेकाे वडा अध्यक्ष भाेटेकाे भनाइ छ।

उपल्लाे डाेल्पाे क्षेत्रमा महामारिकाे रुपमा फैलिएको हेपाटाइटिस बिकाे राेकथामका लागि निम्ति केन्द्र र प्रदेश सरकारसँग पटक पटक अनुराेध गरेता पनि अहिलेसम्म कुनै सुनुवाइ नभएकाे उपल्लाे डाेल्पाका स्थानिय तहदेखि स्थानियबासीकाे गुनासाे छ । कमजाेर स्वास्थ संरचना,औषधि उपकारणकाे कमि र दक्षा जनसक्तिकाे कमि जस्तो विभिन्न चुनाैतिका बावजुद गाउँपालिकाले बाह्रै महिना स्वास्थ सेवा दिने स्थानीय दक्ष स्वास्थकर्मीहरुलाई करारमा नियुक्त गरेर सक्दाे आधारभुत स्वास्थ सेवा सुविधा स्थानीय जनताको पहुँचमा बनाउन लागिपरेकाे छ।
बुधबारमात्रै महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गरेर ३०० केजि अति अवाश्यक औषधि,खाेप, वक्सिजन कन्सेन्टेटर लगाएतका सामान गाउँपालिकाकाे केन्द्र धाे तरापमा ल्याएकाे वडा अध्यक्ष भाेटेले जानकारी दिए । उहाँका अनुसार नेगेटिभ देखिएकालाई ३ पटक खाेप लगाउनका र पाेजिटिप देखिएका लागि सिराेलेजिकल टेस्टिङ गरि भविष्यमा उपचार गर्ने पनि यश कार्यक्रमकाे उदेश्य रहेकाे छ । डाेल्पाे बुद्ध गाउँपालिकामा हालसम्म काेभिड १९ बाट सुरक्षित रहेका र धेरै मानिसकाे अवातजवात गर्ने क्रम बाढि रहेकोले हेलिमा डाेल्पाे बुद्ध गापाले २०० थान बिटियम टेस्ट कीट समेत मगाएका छन् । आउने साता स्याम्पल कलेक्सन गरेर पिसिआर परिक्षणकाे लागि संघ र कर्णाली प्रदेश सरकारलाई अनुराेध गर्ने बताए वडा अध्यक्ष भाेटेकाे भनाइ छ । हाल सम्म पनि कर्णाली प्रदेश सरकारले उपल्लाे डाेल्पामा एक जनाकाे पनि पिसिआर टेस्ट गर्न सकेकाे छैन।
संघिय सरकारले गाउँपालिकामा १५ सैया हस्पिटल बनाउने निर्णयकाे छिट्टै कार्यन्वयन ल्याउँने दक्ष जनशक्ति र उपकरणकाे व्यवस्था गरि भरपर्दो स्वास्थ सुविधा पाउन यहाँका स्थानीयले अपेक्षा गरि रहेको अध्यक्ष भाेटे बताउँछन।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -