spot_img

कोरोना संक्रमणबाट प्रहरी परिसर काठमाडौंका डीएसपी केसीकाे निधन

spot_img

काठमाडौँ, कोरोना महामारीमा पनि जनताकाे सुरक्षाका लागि २४ सै घण्टा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीका लागि काेराेनाकालमा हरेक दिन जस्ताे  दुखद खबरकाे सामना गर्नु परिरहेछ । २०७८ जेठ ५ गते पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालकाे निधन भयाे ।

नेपाल प्रहरीका लागि  अर्काे दुखद खबर, कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको २०७८ जेठ ६ गते  निधन भएको खबर छ। काठमाडौँको मूलपानी घर भएका  ४३ वर्षीय केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा  निधन भएको प्रहरी स्राेत बताउछ ।

प्रहरी स्राेतका अनुसार, काेराेनाले पीडित नेपाल प्रहरीकाे माथिल्लाे तहका अधिकृतमा निधन हुने पहिलाे वहालवाला अधिकृतमा डीएसपी केसी परेका छन् ।  व्यवसायिक, मृदुभाषी प्रहरी  अधिकृतका रूपमा स्थापित डीएसपी  केसीले काठमाडाैं प्रहरी परिसरको प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए । दुई साता अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रहरी स्राेत बताउछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img