spot_img

पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा छुटेकालाई कोभिशिल्ड खोप दिइने

spot_img

कोरोनाविरुद्धको कोभिशिल्ड खोप पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा छुट भएका अग्रपंक्तिमा खटिनेहरूले लगाउन पाउने भएका छन् । कोभिशिल्ड खोप फागुन २३ गतेभन्दा अगाडी प्राथमिकतामा परी दोस्रो मात्रा नलगाएकाहरुलाई प्रदेश र जिल्लामा मौज्दात रहेको खोप अग्रपंक्तिमा खटिनेहरूलाई दिने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई खोप दिन जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिलाई व्यवस्था मिलाउन निर्देशन दिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए ।

कोभिशिल्ड खोप काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा र नुवाकोटको हकमा भेरोसेल खोपको दोस्रो मात्राको समय तालिकासँग नबाझिने गरी खोप सेवा सञ्चालन गर्न आग्रह गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img