डाेल्पा, विगत केहि दिन देखि जिल्ला अस्पताल डाेल्पामा मेडिकल अधिकृत डाक्टरकाे अभाव र काेराेना संक्रमितकाे संख्या बढिरहेपछि ३ जना डाक्टरले उपचार गर्नै हम्मेहम्मे परेकाे छ ।
डाेल्पाकाे जिल्ला अस्पतालमा जनशक्ति अभाव भएकाे भनेर मेडिकल अधिकृत डाक्टरहरूले जिल्ला जनस्वास्थ्य कार्यालय देखि कर्णाली प्रदेश सरकार समक्ष हारगुहार गरिरहेका छन् । तर त्यसकाे सुनुवाइ हुन नसकेकाे भन्दै डाक्टरहरू निराश छन् । २४ सैँ घण्टा अहाेरात्र सेवामा खटिदा समेत काेविड भत्ता नपाएकाे भन्दै डाक्टरहरूले सेवा नै ठप्प पार्ने सम्मकाे चेतावनी दिइरहेका छन् । पत्र समेत लेखेर सामाजिक विकास मन्त्रालयमा समेत पठाइएकाे जिल्ला अस्पताल डाेल्पामा कार्यरत डा. मेलीना हमालले जानकारी दिनुभयाे । २४ सैँ घण्टा दिनरात नभनि काम गरेकाे काेभिड भत्ता त कता हाे कता विगत १० महिना देखि गरेकाे अाेभरटाइम भत्ता समेत नपाएकाे डा.हमालकाे भनाइ छ । हाम्राे समस्याहरूकाे कहिँ कतैबाट सुनुवाइ नभएकाे डा.हमालकाे दुखेसाे छ ।


















