spot_img

माधव समूहले बुझाएन स्पष्टीकरण, तीन नेतालाई निलम्वनको तयारी

spot_img

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई एमालेले स्पष्टीकरण सोधेको थियो ।

तर कसैले पनि स्पष्टीकरणको जवाफ नदिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका निम्ति नेता नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको स्रोतले बताएको छ । ‘अहिले नै निष्काशनको तहमा पुगिन्न होला, तर निलम्बनको तयारी छ’, स्रोतले भन्यो ।

यसअघि एमालेले नेता नेपालसहित चार नेतालाई निलम्बनको निर्णय गरेका थिए । तर गएको ३० वैशाखमा ओलीले कारबाही फिर्ता लिने निर्णय गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img