spot_img

धनसम्पतिमा कुरा नमिल्दा ससुरा र नन्द मिलेर यसरी गरे सुस्मिताकाे विभत्स हत्या

spot_img

सुस्मिता थापाको,घरमै विभत्स हत्या
मितिः२०७७ असार १ गते
स्थानःमकवानपुरको हेटौडा नगरपालिका वडा नम्बर ४ को सूर्यचोक
समयः रातिको ९ बजेतिर
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ बोर्ड गाउँकी २४ वर्षीया सुस्मिता थापाको विवाह मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्य चोकका रुपेन्द्र थापासँग भएको थियो । सुस्मिताको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह धुमधामका साथ भएको थियो । विवाहबाट रुपेन्द, सुस्मिता र परिवारमा पनि खुशियाली छाएको थियो । तर गत असोज २३ गते सुस्मिताको जीवनमा बज्रपात आइलाग्यो । ससुरालीमा दशैँ मनाएर घर फर्कने क्रममा रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भयो । यसरी विवाहको छ महिना नपुग्दै पति वियोगको पीडा सुस्मिताले खेप्नुप¥यो । त्यसपछि सुरु भए सुस्मिताका दुःखका दिन । रुपेन्द्रको परिवारले सुस्मिताकै कारण छोराको ज्यान गएको आरोप लगाउन थाले । घरमा झगडा भाएको कुरा उनले माइतमा समेत सुनाउने गर्थिन् ।

पारिवारिक झगडाकै बीच असार २ गते एकाबिहानै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्य चोकमा एकाबिहानै होलाहल्ला मच्चियो । सुस्मिताले घरमै आत्महत्या गरिन् भन्ने हल्ला टोल छिमेकमा फैलाइयो । त्यसपछि भान्साकोठामा आत्महत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरे । प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थललाई हेर्दा घरको भान्सा कोठामा सुस्मिता लडिरहेकी थिइन् । उनको निधारमा चोट थियो । झट्ट हेर्दा सुस्मिता रक्ताम्य अवस्थामा लडिरहेकी थिइन् । प्रहरीले सुस्मिताको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान अगाडि बढायो ।

सुस्मिताको परिवारले आत्महया गरेको हल्ला पैmलाए तर प्रहरी अनुसन्धान अर्कै पाटोमा मोडिन थाल्यो । घरमा सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा र नन्द सीता समेत भएकाले हत्या भएको हुनसक्ने आशंका प्रहरीको थियो । सुस्मिताको शरिरमा समेत चोटपटक देखिन्थ्यो । उता सुस्मिताको मृत्युको खबरले कपिलवस्तुमा रहेको माइती परिवार समेत विक्षिप्त बन्यो । छोरीले आत्महत्या नभइ हत्या नै भएको दाबीसहित माइतीले आवाज उठाए । हेटौंडामा आन्दोलन समेत भयो ।

ससुरा, सासु, र नन्द मिलेर गरे,सुस्मिताको विभत्स हत्या
सुस्मिताको घरमै शंकास्पद मृत्यु भयो । टोल, छिमेकदेखि माइतीपक्ष समेतले सुस्मिताको हत्या भएको दाबी गरे । प्रहरीले पनि हत्या आशंका ग¥यो । तर, प्रहरीले १३ दिन लामो अनुसन्धानपछि सुस्मिताको हत्या नै भएको निष्कर्ष निकालेपछि हत्यारालाई पक्राउ गरियो र अहिले सम्पुर्ण रहस्यहरु खुलेका छन् । प्रहरीले २२ वर्षीया सुस्मिता केसीको थापाकै परिवारबाट हत्या भएको निष्कर्ष निकाल्यो । सोमबार प्रहरीले पत्रकार सम्मेलन गरेर सुस्मिता हत्याकाण्डका सम्पुर्ण रहस्यहरु मात्रै खोलेन, हत्या गर्ने र हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा (कार्की) र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको छ ।

 

प्रहरी अनुसन्धानबाट खुल्न आए अनुसार घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । खाना खानुअघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएका कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला ससुरा प्रकाश काठको लौरो बोकेर आएको र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

 

ससुराले लौरीले हिर्काएपछि उनी भुइँमा लडिन् । त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लौरेले प्रहार गरेपछि उनी गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छा कोठातिर आइन् । तर, बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबु छोरी मिलेर सुस्मिताको विभत्स हत्या गरे । हत्या गरेपछि भान्साकोठामा तिरबितर भएका सामानहरु र फुटेका सीसाको कचौराहरु सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा राखिन् । नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर घटनाको विषयमा हल्ला नर्गन भनिन् । बाबु प्रकाश र छोरी सीता मिलेर हत्यालाई कसरी आत्महत्या बनाउने भन्ने योजना बुन्न थाले ।

उनीहरुले घटनास्थललाई आत्महत्या जस्तो देखाउनका लागि भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाएका थिए । भान्साकोठामा भएको कपडाको चकटीले मृतक सुस्मिताको निधारमा भएको घाउ छोपे र लतपतिएको रगत पनि पुछे । सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाशले भान्साकोठाको ढोका भित्रबाट चुकुल लगाउँदै पछाडिको झ्यालबाट बाहिर निस्किए । प्रकाशले बरण्डामा रहेका सीसाका टुक्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबु प्रकाश र छोरी सीता रगत लागेको कपडा पखालेर सुत्न गएका थिए । भोलिपल्ट बुहारी सुस्मिताले आत्महत्या गरेको हल्ला फैलाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

 

यसरी थापा परिवार मिलेर बुहारीको विभत्स हत्या गरे तर, यता किन बुहारीको विभत्स हत्या गरियो ? भन्ने सबैको चासोको विषय बन्यो ।

धनसम्पतिमा कुरा नमिल्नु र ससुराले यौन प्यास मेटाउन
नपाएका कारण सुस्मिताको विभत्स हत्या
प्रहरी अनुसन्धानबाट खुल्न आए अनुसार थापा परिवारले छोराको मृत्युको कारण सुस्मिता रहेको आरोप लगाउँदै आएका थिए । सुस्मिता हत्याको प्रमुख कारण बन्यो– सम्पत्ति । रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्ति बापत दश लाख रुपैयाँ आएको थियो । सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटना पश्चात क्षतिपूर्ति पाउने पाँच लाखबारे घरायसी विवाद भएको थियो । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बीमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । उनले काम गर्ने कम्पनीबाट बीमा, बोनस, तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो । यसकारण पनि भुक्तानी हुन सकेको थिएन । सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बीमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको थियो । यो रकमको हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए । यो कुरा सुस्मिताले माइतीलाई समेत भनेकी थिइन् । बीमाको सबै प्रकृया पुरा गरि उनी माइतमै बस्ने कुरा समेत भएको थियो ।

 

बीमाको रकम विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ । यही दुई कारणले परिवारका सदस्यहरू मिलेर सुस्मिताको हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए र उनको श्रीमानको मृत्युपछि सुस्मिताले पाउने बीमा रकम विवाद हुदै आएको थियो । प्रहरीका अनुसार सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र नन्द सीता थापालाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ ‘क’ बमोजिम क्रुर यातना दिई ज्यान मारेको आरोपमा जन्मकैद हुनसक्ने र ससुरा प्रकाश थापालाई थप जबरजस्ती करणी उद्योग गरेको मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 

उता, सुस्मिता मृत्युको खबरले विक्षिप्त बनेको माइती पक्षले भने हत्यामा अन्यको पनि संलग्नता रहेकोले थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने सुस्मिताका माइती पक्षले माग छ ।

यसरी हेटौंडामा बुहारीलाई बलात्कार गर्न नपाएको र धनसम्पतिकै कारण परिवार नै मिलेर विभत्स हत्या गरेको घटनाले समाजबाट मानवता हराउँदै गएको हो की भन्ने भान गराएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img