spot_img

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु

spot_img

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार काठमाडौंका १३ जना पुरुष र ४ जना महिला गरी कुल १७ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।त्यस्तै ललितपुरका ६ जना र भक्तपुरमा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रलायले जनाएको छ ।त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ३ जना, धादिङ र दोलखा र रामेछापमा २÷२ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ३६ देखि ९२ वर्ष उमेर समूहका रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img