spot_img

लकडाउनमा पनि भोजपुरको नमूना सडक धमाधम कालोपत्रे,३० प्रतिशत भन्दा धेरै काम सकियाे

spot_img

प्रदेश सरकारको महत्वपूर्ण योजनाको रुपमा रहेको भोजपुर– मानेभञ्याङ– वैकुण्ठे– यूँ २० किलोमिटर सडकको कालोपत्रेको काम झन्डै ३० प्रतिशत बढी सकिएको छ । लकडाउनको समयमा पनि कामलाई निरन्तर रुपमा सञ्चालन गरेर तोकिएको अवधिमा सक्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । सडक निर्माणकाे जिम्मा युनाइटेड बिल्डर्स र सिद्दिशाहि जेवीले कम्पनिले लिएका छन् । काममा कुनै अवराेध नभए निर्धारित समयसिमा भित्रै काम सक्ने निर्माण कम्पनिकाे दावी छ ।

दक्षिणी क्षेत्रलाई सहज रुपमा सदरमुकाम सम्म जोड्नको लागि प्रदेश सरकारको रु। ५४ करोड लागतमा कालोपत्रे गर्ने लक्ष्यका साथ गत माघ महिनाबाट कामको थालनी गरिएको हो । कामलाई तोकिएको समयमा सम्पन्न गर्नको लागि लकडाउन तथा वर्षातको समय सुरु भएपनि निर्माणको काम तिव्रगतिमा भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले भने,‘ लकडाउनमा पनिमा हामीले काम निरन्तरता दिएको थियौ, अहिले निर्धारित समयमा सम्पन्न गर्ने हुने गरिनै कामको प्रगति देखिएको छ, यसलाई जिल्लाकै नमूना सडकको रुपमा निर्माण गर्नको लागि नियमित अनुगमन गरिरहेका छौ ।’’

रामप्रसाद राई गाउँपालिकाको डढुवाबाट कालोपत्रेको थालनी गरिएको सडकको गे्रडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउने लगाएतको काम भईरहेको छ । प्रदेश सरकारको दुर्गामी महत्व बाकेको सडक रहेकोले लकडाउनको समयमा पनि निर्माणमा अवरोध हुन नदिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रमममा निर्माण कार्य गुणस्तरिय ढंगले तिव्रगतिमा सञ्चालनमा रहेको पाइएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भने, ‘महत्वपूर्ण सडक आयोजना भएकाले हामीले लकडाउनको समयमा आउने विभिन्न समस्याहरुको समाधान गर्दै कामलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाएका छौ, स्थलगत रुपमा अनुगमन गर्दा यो छोटो अवधिमा निकै राम्रो प्रगती भएको पाए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img