spot_img

काेराेना जस्तै लक्षणका विरामीले त्रासमा डाेल्पाकाे रह गाउँ,स्वास्थ्यकर्मी छैनन्, जनप्रतिनिधि सम्पर्क विहीन !

spot_img

डाेल्पा,डोल्पा जिल्लाकाे ठुलीभेरी नगरपालिका ११ रह गाउँमा केहि दिन यता काेराेना जस्तै लक्षण देखिएका विमारी हुनेकाे संख्या बढिरहेकाे छ । सिँगाे गाउँका मानिस नै विरामी हुन थालेपछि गाउँले नै त्रासमा छन् । गाउँमा थला परेका एक व्यक्तिकाे जिल्ला अस्पताल दुनैमा उपचारका लागि जाँदा काेराेना देखिए पछि गाउँलेहरू झन्  त्रसित बनेकाे छन् । गाउँमा विरामीकाे संख्या दिनदिनै बढिरहेकाे र वडामा रहेकाे स्वास्थ्य चाैकी समेत बन्दहुँदा सर्वसाधरण मर्कामा परेकाे एक स्थानीयले बताए ।

स्थानीयका अनुसार स्वास्थ्य चाैकीमा दैनिक १० देखि १५ जना विरामी जान्छन् तर स्वास्थ्य चाैकीनै बन्द देखेपछि निराश भएर फर्कन्छन् । ७ जना कर्मचारीकाे दरवन्दी रहेकाे स्थास्थ्य चाैकीमा १ जना स्थानीय कर्मचारी मात्र छन् ।

स्वास्थ्य चाैकी बन्द देखेर स्थानियहरू स्थानिय निकायका जनप्रतिनिधि,स्वास्थ्यकर्मी र सरकारलाइ सरापेर बस्न बाध्य छन् । स्वास्थ्यकर्मी बमवहादुर कार्कीका अनुसार स्वास्थ्य चाैकीमा अाैषधीकाे अभाव छैन,अाैषधी स्टक रहेकाे उहाँकाे दावी छ ।

काेराेना महामारी राेक्न ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधिले देखाएकाे उदासिनताबाट जनता आजित छन् । एक स्थानीय भन्छन् महामारी राेक्न न कुनै तयरी छ,न उनिहरूलाइ जनताकाे माया छ नत सम्पर्कमा छन् । यस्ता नालाएक जनप्रतिनिधि र सरकार सायद कसैकाे नहाेस् भन्ने भनाइ जनताकाे छ । स्थानिय सरकारकै कमजाेरीका कारण महामारी फेलिएकाे स्थानीयकाे आराेप छ । ठुलीभेरी नगरपालिका अन्य गाउँकाे अवस्था समेत उस्तै छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img