spot_img

अदालतले न्याय गर्छ भन्ने विश्वास छ ः देउवा

spot_img

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताए ।नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सडक आन्दोलनमा जान नसकिएको बताए ।

‘संविधानमाथि बलात्कार भएको छ । हस्तक्षेप भएको छ । यो सरकारले संविधानको बर्खिलापमा गएर काम गरेको छ । हामी त्यही कदमलाई सच्याएर संविधानको बाटोमा देशलाई हिँडाउने प्रयत्न गरिरहेका छौँ,’ देउवाले भने, ‘साथीहरू सडकमा जाऔँ, आन्दोलन गरौँ भनिरहेका छन्, मैले रोकेर राखेको छु, यस्तो वेला जनताको जिउज्यानलाई जोखिममा पार्नुहुँदैन

जनताको जीवन ठूलो कुरा हो । जीवनरक्षा पहिलो कुरा हो ।’देउवाले यस्तो वेला मिडिया जगतलाई सहयोग गर्न आग्रह गरे । उनले पार्टी १४औँ महाधिवेशनको तयारीमा रहेकाले आफ्नो कारणले महाधिवेशन भएन भन्ने कुरा कुनै हालतमा आउन नदिने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img