छार्का ताङसाेङ गाउँपालिकाका स्थानीय बासिन्दाले पाउँन थाले बैँक खाता मार्फत सामाजिक सुरक्षा भत्ता
विश्वकै अग्लाे मानवबस्ती रहेकाे गाउँपालिका छार्का ताङसाेङ गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्दै आएकाे सामाजिक सुरक्षा भत्ता बैँक खाता मार्फत वितरण शूचारू गरेकाे छ । गाउँपालिकाभित्रका २७ जना स्थानीय सेवाग्राहरीलाइ पहिलाे चरणमा राष्ट्रिय वाणिज्य बैँकमा रहेका उनिहरूकाे खातामा रकम जम्मा गरिएकाे गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले जानकारी दिए । गुरूङका अनुसार राष्ट्रिय बाणिज्य बैँकलाइ पत्रनै लेखेर सेवाग्राहीकाे खातामा रकम जम्मा गर्न गरिएकाे छ ।
अध्यक्ष गुरूङले भने सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पहिले बैँक खाता नहुँदा विभिन्न समस्या थिए,अव बैँक मार्फत दिन शुरू गरेका छाैँ । अन्यकाे पनि बैँक खाताबाटै भत्ता प्रदान गरिने छ अध्यक्ष गुरूङकाे भनाइ छ । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा विशेष गरि आर्थिक रूपमा विपन्न वृद्धवृद्धा, एकल महिला, दलित समुदाय, अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित हुँदै अाएका छन् भने उनिहरूलाइ आफ्नो खर्च जुटाउने आधार बनेकाे छ।