spot_img

ठूलो संघर्षबाट प्राप्त उपलब्धि धरापमा पर्दैछ, सचेत हौं ः मुख्यमन्त्री शाही

spot_img

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु धरापमा पर्न लागेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले पछिल्लो समय भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति सचेत आग्रह समेत गरेका छन् ।

‘गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपील गर्दछु,’ शाहीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।मुख्यमन्त्री शाहीेले कर्णालीको आगामी नीति तथा कार्यक्रम र बजेट कोभिड प्रतिकार्यमा केन्द्रित गरिने बताएका छन् । ‘सबै नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ,’ जारी सन्देशमा भनिएको छ ।

उनले कोभिड–१९ ले सिर्जना गरेको अहिलेको परिस्थितिबाट निराश नहुन समेत प्रदेशबासीलाई आग्रह गदै भनेका छन्, ‘कोभिड नियन्त्रणका लागि तीन तहका सरकार, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासलाई सहयोग गर्न र सरकारको निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दछु ।’गणतन्त्र दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबैलाई प्रेरणा मिल्ने मुख्यमन्त्री शाहीको विश्वास छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img