spot_img

प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

spot_img

काठमाडौं, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्नु ठिक र कुन न्यायाधीश बस्न अनुचित भनेर आफूहरुले पक्ष वा विपक्षको आधारमा भन्दा पनि अदालतको विश्वसनीयता कायम राख्ने एकमात्र स्वार्थबाट प्रेरित भएर बहस गर्नुपरेको तर्क गरेका छन् ।संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा केही कानुन व्यवसायीले बिरोध जनाएपछि आइतबार यससम्बन्धमा बहस गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक घण्टा समय तोकेका हुन् ।

सोही अनुसार बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘म यहाँ इजलासको विपक्षी भएर बहस गरिरहेको छैन, श्रीमानहरुको बारेमा पब्लिकले के भनेको छ, के असर परेको छ भनेर हामीले कुरा राखेकोमात्र हो ।’न्यायाधीशहरूमाथि सार्वजनिक रुपमा आरोप लागेको अवस्थामा अदालतको विश्वसनीयता कायम राख्नका लागि स्वार्थ बाझिएका केही मुद्दामा त्यस्ता न्यायाधीश नबस्नु उचित हुने उनले बताए । ‘श्रीमानहरुले प्रश्न उठेको स्थितिमा मुद्दा हेर्ने कि नहेर्ने भन्ने स्थिति आउँछ,’ उनले भने, ‘बाहिर कुरा उठेको हुनाले मैले यो कुरा राखेको हुँ । बाँकी सम्मानित इजलासले नै ठहर गर्ने नै छ ।’

प्रधानन्यायाधीश जबराले नेकपा विवादसम्बन्धी मुद्दा र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सार्थक सम्बन्ध के छ भनेर प्रस्ट्याउन कानुन व्यवसायीलाई आग्रह गरे । उनले यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरेको संवैधानिक इजलासमा आफूसमेत रहेको भन्दै अहिले फेरि संवैधानिक इजलासमा नबस्न नैतिक दबाब परिरहेको त छैन भन्नेबारे समेत प्रश्न गरे ।

जवाफमा वरिष्ठ अधिवक्ता कार्कीले प्रधानन्यायाधीशलाई कानुनले नै संवैधानिक इजलासमा बस्ने अधिकार दिएको टिप्पणी गर्दै नैतिक दायित्व भने आफैले विचार गर्नुपर्ने विषय भएको बताए ।संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राख्न नहुने भन्दै ८ कानुन व्यवसायी बहस गर्दैछन् । न्यायाधीश श्रेष्ठले नविभाजनसम्बन्धी मुद्दामा फैसला गरेको भन्दै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उनको स्वार्थ बाझिने कानुन व्यवसायीको जिकिर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img