spot_img

न्यायाधीश केसी र श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न निवेदकको माग

spot_img

काठमाडाैँ,संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नराख्न निवेदकले माग गरेका छन् । आइतबारको बहसको क्रममा सुरुमै अधिवक्ता गोविन्द बन्दीले केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएका हुन् ।यस विषयमा बहस गर्न बन्दीले पाँचजनाले बोल्ने गरी एक घन्टाको समय माग गरे । बन्दीले भने, ‘नेकपा विभाजनको फैसला गर्ने बमकुमार श्रीमानले नबस्नु उपयुक्त हुन्छ । त्यो फैसलाले नेकपा विभाजन गर्दियो भन्ने चर्चा छ श्रीमान् । यसको रिभ्यु (पुनरावलोकन)मा तेजबहादुर श्रीमान् पनि बस्नुभो ।

’ केसी र श्रेष्ठ रहँदा अदालतको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले इजलासमा नराख्न बन्दीले आग्रह गरे ।जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसला सही कि गलत भन्ने बहस नगर्न आग्रह गरे । उनले भने, ‘फैसला सही कि गलत भन्ने बहस नगर्नु न तपाईं । त्यो तपाईंले डिसाइड गर्ने होइन के । त्यो सही या गलत भनेर तपाईंले बहस गर्न पाउनुहुन्न । यो मुद्दामा कसरी जोडिएको छ त्यो विषय ?’

बन्दीले फेरि भने, ‘म भन्दै छु श्रीमान् । यो इजलासमा बस्नु ठीक हुन्छ कि हुन्न, दुवैजनाले सोचौँ श्रीमान् ! तपाईंहरू नै विचार गर्नुस् ।’ बन्दीले खोलाको पानी मिसिसकेपछि छुट्याउन गाह्रो हुने उदाहरण दिँदै माओवादी र एमाले एक भइसकेपछि अदालतको त्यो फैसलाले गर्दा दुई दलका नेता फेरि बाँडिएको र राम्रोसँग छुट्टिन नसकेको बताए । उक्त फैसला धेरै विवादित भएको बन्दीले औँल्याए ।

२३ फागुनमा बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काइदिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितले दायर गरेको पुनरावलोकनमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर कार्कीको इजलासले खारेज गरिदिएको थियो ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img