काठमाडौँ – सरकारले डाेल्पा जिल्लाका विभिन्न स्थानीय तहहरूका लागि झन्डै २ अर्बको बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी कुल १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ २ पालिका र ६ गाउँपालिका गरि ८ ओटा स्थानीयतहलाइ छुटाएको हो ।
सबैभन्दा धेरै अनुदान पाउनेमा जिल्लाको सदरमुकाम समेत रहेको ठुलीभेरी नगरपालिका रहेको छ । ठुलीभेरी नगरपालिकाले सबै गरी ३१ करोड ५२ लाख रुपैयाँ अनुदान पाएको छ । सबैभन्दा कम छार्काताङसाेङ गाउँपालिकाले पाएको छ । उक्त गाउँपालिकाले १५ करोड ५२ लाख रुपैयाँ अनुदान पाएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडी रहेको जगदुल्ला गाउँपालिकालाई भने सरकारले २२ करोड ४९ लाख रुपैयाँ पठाएको छ । नगरपालिकामा त्रिपुरासुन्दरी नगरपालिकाले ३० करोड ३३ लाख रुपैयाँ अनुदान पाएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सरकारले मुड्केचुला गाउँपालिकामा २२ कराेड ७१ लाख,काइके गाउँपालिका १६ कराेड ४ लाख,डाेल्पाेबुद्द गाउँपालिका १५ कराेड ७५ लाख रूपैयाँ पाएका छन् भने शे फाेक्सुण्डाे गाउँपालिकाले १८ कराेड ९१ लाख पाएकाे छ ।


















