डाेल्पा, उपल्लाे डाेल्पा क्षेत्रमा काेराेना जस्तै लक्षण भएका विरामी भेटिन थालेका छन् । उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे-फाेक्सुण्डाे गाउँपालिका भित्रका गाउँगाउँमा सर्वसाधरणहरू ज्वराे र रूगाखाेकी लागेर धमाधम विरामी पर्न थालेका छन् । ३ गाउँपालिकाले संयुक्त रूपमा डाेल्पाे जनजाति विकास केन्द्र मार्फत स्वास्थ्य मन्त्रालयलाइ लेखेकाे पत्रमा भनिएकाे छ,उपल्लाे डाेल्पामा काेराेनाका जस्तै लक्षण देखिएका विरामीकाे संख्या दिन प्रतिदिन बढिरहेकाे छ । डाेल्पाेबुद्द गाउँपालिकाका ४ जना कर्मचारीलाइ हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परिक्षणबाट कोभिड पुष्टी भएकाे थियाे । कर्मचारीलाइ परिक्षण गर्दा काेराेना पुष्टी भएपछि डाेल्पाे क्षेत्रमा काेराेना भेटिएकाे थियाे । साे कुरा जिल्ला देखिको प्रदेश र संघ सरकार समेत जनकारी नभएको होइन । तर काेराेना परीक्षण देखि कन्ट्याक् ट्रसिङ गर्ने समेत राज्य कुनै निकायबाट गाउँपालिकाहरूले सहयाेग पाउन सकेनन् ।
दुर्गमका जनता अक्सीजन कनसन्टेटर,पीपीइ,भेन्टिलेटर,स्टेचर र अाैषधी लगाएतका अत्यावश्यक स्वास्थ्य सामग्रीकाे कुनै व्यवस्था नभएकाेले संघ र प्रदेश सरकारलाइ उपलब्ध गराउन आग्रह गरेकाे छ । तर सरकारकाे भने अहिलेसम्म ध्यान जान सकेकाे छैन बारम्वार ताकेता गर्दा समेत संघ र प्रदेश सरकारले गम्भिरताका पूर्वक नलिएकाे डाेल्पाे जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पाे थापा भाेटेकाे दुखेसाे छ । समग्रमा उपल्लाे डाेल्पावासीका मागलाइ पुरा गर्नुकाे साटाे व्यवास्था गरेकाे अध्यक्ष भाेटे बताउँछन् । चाँडाे भन्दा चाँडाे माग पुरा गर्न समेत सरकारलाइ आग्रह उनले गरे । त्यतिमात्र नभएर उपल्लाे डाेल्पाका जनप्रतिनिधिले स्थानीय तहरूमा स्वास्थ्य सामग्री ढुवानी व्यवस्था गरिदिन समेत प्रदेश सरकारलाइ अनुनय विनय गरेका छन् । तर उनीहरूका माग भने हालसम्म संवाेधन हुन भने सकेकाे छैन ।
डाेल्पाे जनजाति विकास केन्द्रले सरकारलाइ बुझाएकाे ज्ञापन पत्रः


















