spot_img

डाेल्पाका विपन्न र दलित जनताका लागि कर्णाली प्रदेश सरकारले गर्याे चामल अनुदान दिने घाेषणा !

spot_img

डाेल्पा,विश्वभरी महामारीका रूपमा फैलिएकाे काेराेना भाइसर र लकडाउनका कारण डाेल्पाली नागरिकले लगातार २ वर्षसम्म यार्सागुम्वा टिप्न पाएका छैनन् । डाेल्पावासीकाे मुख्य आयस्राेतकाे रूपमा रहेकाे यार्सा टिप्न नपाएपछि डाेल्पाका विपन्न र दलित समुदायका नागरिक भाेकमरी लाग्ने चिन्तामा छन् । लगातार नागरिक स्तरबाट राहत व्यवस्थाकाे माग आएपछि कर्णाली प्रदेश सरकारले खाद्यान्न खरिद र ढुवानीका लागि अनुदानकाे घाेषणा गरेकाे हाे ।

यार्सा टिप्न नपाएका विपन्न र दलित समुदायका जनतालाइ राहत मिलाेस् भनेर खाद्यान्न खरीद र ढुवानीका लागि अनुदानकाे व्यवस्था गरिएकाे कर्णाली प्रदेशका उद्याेग,पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले इमान्दार खवरलाइ जानकारी दिनुभयाे । मन्त्री बुढाका अनुसार डाेल्पाका ५ वटा स्थानीयतहहरूमा चामल खरिद गरेर  ढुवानीका लागि समेत अनुदान पठाइएकाे छ । जनताले विकास निर्माणका काम गरे बापत खाद्यान्न पाउँने मन्त्री बुढाकाे भनाइ छ ।

डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा ५ सय ५० क्विन्टल चामल खरिद गरेर वितरणका लागि २८ लाख ५ हजार,मुड्केचुला गाउँपालिकामा ७ सय ५० क्विन्टल चामलका लागि ३८ लाख २५ हजार,त्रिपुरासुन्दरी नगरपालिकालाइ हजार ५० क्विन्टल चामलका लागि ५३ लाख ५५ हजार रकम कर्णाली प्रदेश सरकारले व्यवस्था गरेकाे डाेल्पा निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सांसद विरवहादुर शाहीले जानकारी दिनुभयाे छ । लामाे प्रयास पछि प्रदेश सरकारले विपन्न र दलित समुदायका जनातालाइ थारै भएपनि मलमपट्टि लगाउँने प्रयास गरेकाे सांसद शाहीकाे भनाइ छ ।

काइके गाउँपालिकाका लागि ५ सय ५० क्विन्टल चामलका लागि २८ लाख ५ हजार,ठुलीभेरी नगरपालिकालाइ १ हजार ५० क्विन्टल चामलका लागि ५३ लाख ५५ हजार रूपैँया चामल खरिद गरेर वितरण गर्न दिइएकाे छ ।

यस भन्दा पहिले उपल्लाे डाेल्पाका शे फाेक्शुण्डाे गाउँपालिकामा १५ सय क्विन्टल,डाेल्पाेबुद्द ८ सय ७५ र छार्काताङसाेङमा ७ सय क्विन्टल चामल खाद्य ढुवानीका लागि अनुदान दिएकाेमा फेरी थप गरेर ३ वटै गाउँपालिकाका लागि  ८ सयक्विन्टल चामल ढुवानी अनुदान प्रदेश सरकारले दिने भएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img