spot_img

यस्तो छ नेत्र विक्रम चन्द ‘विप्लव’ बस्ने झूपडी !

spot_img

काठमाडौं, लामो समय भूमिगत राजनीति गरेर पटक पटक चर्चामा आइरहने पात्र हुन्– नेत्र विक्रम चन्द विप्लव । विप्लव भन्ने वित्तिकै आम युवाहरुमा ‘युवा जोशको रक्त संचार हुने गर्छ । केही महिनाअघि देखि शान्तिपूर्ण राजनीतिको गोरेटोमा यात्रा गरिरहेका नेत्र विक्रम चन्द कस्तो घरमा बस्छन् ? के उनी अरु पार्टीका नेता जस्तै आलिसान महलमा बस्छन् या गगनचुम्बी भवनहरुमा रमाइलो गरिरहेका त छैनन् ?हिजो झूपडीमा बस्ने नेताहरुको सांसारिक मोह र जीवन शैलीको विषयमा तिब्र आलोचना भइरहेको बेला यस्तो प्रश्न उठ्नु स्वभाविक हो ।

त्यसमाथि सर्वहाराको राजनीति गर्नेहरुमाथि सर्वसाधारणले यस्तो प्रश्न गर्नुपर्छ । सामान्यतया नेताहरुको जीवन जनताको जस्तै होस् भन्ने आम चाहाना हुन्छ । नेत्र विक्रम चन्द विप्लवको निवास ठीक त्यस्तै रहेको पाइएको छ । कपलिवस्तुस्थित उनको निवासमा पुगेर अन्तर्वार्ता लिएका पत्रकार राजेन्द्र बानियालाई विप्लवको निवास देखेपछि पत्याउनै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमा निवास सार्वजनिक गरेका छन् ।सामान्य झूपडीमा गहुँको खरको छानो हालिएको झूपडीमै विप्लव बस्दै आएका छन् । उनको यो पुख्र्यौली घर हो । तत्कालिन माओवादीमा रहँदा पनि विप्लवले कुनै पनि सार्वजनिक लाभको पद धारण गरेनन् ।

पार्टी विभाजन भएपछि क्रमस नेतृत्वमा आएका उनी केही वर्षअघि मात्रै भूमिगत राजनीतिमा होमिएका थिए । विष्फोट, अपहरण लगायत हजारौँ कसुरमा उनी नेतृत्वका पार्टीका कार्यकर्ताहरु अहिले पनि जेलको काल कोठरीमा छन् । जेलबाट कार्यकर्ता रिहाईको सर्तमा वार्तामा आएका विप्लवलाई यतिबेला सरकारले झूक्याएको आशंका सर्वसाधरणले गर्न थालेका छन् ।

उनी सरकार विरुद्ध आक्रमक रुपमा जान पनि सकेका छैनन् । केहीदिन अघि सर्वदलिय सरकार बने आफूहरु पनि सहभागी हुने विज्ञप्ति निकालेपछि उनी विवादमा समेत आएका थिए ।गाउँको घरमै रहेका उनी स्थानिय जनताको बारीमा गहुँ काट्न गएको तस्विर समेत केहीदिन अघि सार्वजनिक भएको थियो । उनी निष्ठावान र सादगी नेताको रुपमा समेत चिनिन्छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img