डाेल्पा,मुड्केचुलाका विषयमा समाचार लेखेकाे भन्दै इमान्दार खवरका अध्यक्ष तथा पत्रकार रूपक कुलाल माथी ज्यानै लिनेसम्मकाे धम्धी अाएकाे छ । जनताले सामाजिक सुरक्षा भत्ता नपाएकाे विषयमा पत्रकार रूपकले निरन्तर समाचार लेखिरहेका छन् । समाचार लेखेकाे भन्दै एमाले पार्टी निकट मुड्गेचुला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतले धम्की दिनुकाे साथै पत्रकार रूपक र अाफुविच भएका म्यासेट काटेर झुटाे प्रचारमा लागेका छन् । साेहि कारण पत्रकार रूपकले सवै म्यासेज सार्वजनिक गरेका छन् । म्यासेजमा बकाइदा देखिन्छ,पत्रकार रूपकले पूर्वाधार सम्वन्धी डकुमेन्ट्री निर्माणका लागि अध्यक्षसँग भएकाे सल्लाह कस्ताे हाेला भनेर साेधेका छन् । अधिकृत श्रेष्ठले भनेका छन् मैले गर्न सक्ने सहयाेग गराैँला मेराे जाने तयारी छ,जाने भएपनि तपाइकाे काम गराैँला एक चाेटि अध्यक्षसँग सल्लाह गर्नुहाेला भनेका छन् ।
त्यहि म्यासेजलाइ काटेर अधिकृत श्रेष्ठले घुस मागेकाे झुटाे प्रचारमा लागेका छन् । स्थानीय पत्रकार बताउँने लेख बुढालाइ म्यासेज पठाएर समाचार बनाउँन भनेकाे तथ्य समेत सार्वजनिक भएकाे छ ।
भ्यासेज जस्ताकाे तस्तै ।




यस्तै मुड्केचुलाका विषयमा समाचार लेखेकाे भन्दै अाफूलाइ पत्रकार बताउँने प्रेस काउन्सीलमा सुचिकृत नभएकाे अनलाइन चलाउने फाेक्शुण्डाे न्युज चनाउँने एमालेका कार्यकर्ता लेख बुढाले अपशब्द प्रयाे गरेका छन् । किन समाचार लेखेकाे भन्दै उनले पत्रकारलाइ गालीगलाेज र भेटेरै ठिक पार्छु भनेर धम्की समेत दिएका छन् ।

समाचारकाे कम्मेन्टमा एक जना स्थानिय एमालेका कार्यकर्ता नारायण बुढा भगरले काठमाडाैँ अाएरै ठिक पार्ने धम्की समेत दिएका छन् ।

यस्ताे थियाे पत्रकार रूपक कुलालले लेखेकाे समाचारः
प्रमुख प्रशासकिय अधिकृतलाई १० जन सुरक्षा गार्ड, जनताले पाएनन् याेजनाकाे रकम र सामाजिक सुरक्षा भत्ता
डोल्पा, जिल्लाको मुड्केचुला गाउँपालिकाले आजसम्म पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । प्रमुख प्रशासकिय अधिकृत जितबहादुर श्रेष्ठको डिलासुस्तीका कारण चालु अर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको हो । दुई महिना अघि गाउँपालिकाको कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ लामो समय विदामा बस्नु, सामाजिक सुरक्षा शिर्षकमा पर्याप्त रकम उपलब्ध नहुनु र गाउँपालिका अध्यक्ष अल्पमतमा पर्नु लगायतका कारणले ढिलाई भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
स्यानीय जनताले टेलिफोन मार्फत दिएको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत गाउँपालिका अध्यक्षलाई असफल बनाउन लागि परेकाले समस्या आएको हो । ‘दुर्गममा काम गरेको भनेर आफ्नो नम्बर बढाउन डोल्पा पुगेका श्रेष्ठ उपाध्यक्ष पछि लागेर अध्यक्षलाई असफल बनाउन लाग्दा जनताले दुख पाए ।’ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘वडा कार्यालयका भवनहरु,टावर निर्माण भएर उद्घाटन भइसक्दा पनि भुक्तानी दिइएको छैन् । कर्मचारीले समेत तलब पाएका छैनन् । प्रमुख प्रशासकिय अधिकृत उपाध्यक्षकाे गोटी बन्दा समस्या आयो ।’
गाउँपालिकामा नेकपा एमाले पार्टीका कार्यकर्ताले ल्याएका फाइल बाहेक श्रेष्ठले अरु फाइल डस्विनमा फाल्ने गरेको स्थानीयहरुको भनाई छ । एमालेको काम गर्दैगर्दा अरु जनताले गुनासो गरेपछि एमालेले प्रमुख प्रशासकिय अधिकृतको सुरक्षाका लागि १० जना सुरक्षागार्डको व्यवस्था मिलाएको उनको भनाई छ ।
प्राप्त स्रोतका अनुसार अमर ब. शाही, राज ब. शाही, लोकेन्द्र ब. शाही, लालमन बिक लगाएत एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षका श्रीमान श्री रारा आधारभुत विद्यालय मुड्केचुला, ओक्टका प्रिन्सिपल लङ्कमान बुढा विद्यालयमा पढाउन छोडेर कार्यकारीको सुरक्षामा खटिएका छन् । त्यतिमात्र नभएर मुड्केचुला इलको वडा अध्यक्ष जग ब. बुढा वडाको काम काज छोडेरै हाकिमको सुरक्षामा खटिएको स्थानीयले जनाएका छन् ।



















