काठमाडाैँ, एकताको केहि वर्षमै विभाजन हुन पुगेको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ सरकार फेरबदलको खेल सुरु भएको छ । पार्टी एक अध्यक्ष अध्यक्ष महन्थ ठाकुर– राजेन्द्र महतो समुहले शुक्रवार प्रधानमन्त्री केपि शर्मा ओलि नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ सरकारमा फेरबदलको खेल तिव्र भएको छ ।
केन्द्रमा महन्थ ठाकुर– राजेन्द्र महतो सरकारमा गएपछि त्यसको बदला लिन अर्का अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ नै प्रदेश २ सरकारको पुनर्गठनको लागि जनकपुर आइपुगेका छन् । शनिबार विहानैदेखि उनी मुख्यमन्त्री लालबाबु राउतसहित आफ्ना पक्षका मन्त्रीसँग छलफल गरिरहेका छन् भने शनिवार नै विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपाका माधन– खनाल समुहका संसदीय दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बैठकमा आगामी रणनिति कसरी बनाउने ? प्रदेश सरकारलाई कसरी निरन्तरता दिने विषयमा समान्य छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री जानेन्द्र कुमार यादवले बताए । अहिले प्रदेश सरकारमा राजपाका तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातारण मन्त्री रामनरेश राय यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, राज्य मन्त्रीहरु डिम्पल झा, सुरेश शर्मा र अभिराम शर्मा सरकारमा छन् । तर, वन मन्त्री यादव र सामाजिक विकास मन्त्री साह राजपालाई छोडेर उपेन्द्र यादवकै खेमामा लागेपछि उनी दुवैलाई तत्काल सरकारमा राखेर बाँकी राजपाका तर्फका मन्त्री र राज्यमन्त्रीलाई हटाउने तयारी भइरहेको बताइएको छ ।
राजपाका मन्त्रीहरुलाई हटाएर कांग्रेस, माओवादी केन्द्रलाई सरकारमा सामेल गराउने रणनीति अनुसार अध्यक्ष यादव जनकपुर आएका हुन् । प्रदेश २सरकारकोपुनर्गठनको विषयमा शुक्रबार काठमाडांैमै कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग अध्यक्ष यादवले भेटघाट समेत गरेका थिए ।यता, अध्यक्ष महन्थ ठाकुर– राजेन्द्र महतोका समुहका भौतिक पुर्वाधार विकास मन्त्री तथा तत्कालिन जनता समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनल आफ्नो नेतृत्वमा प्रदेश मन्त्रीमण्डल गठनको अन्तरिक तयारीमा सक्रिय देखिएका छन् । वर्तमान मुख्यमन्त्री तथा तत्काालिन संघीय समाजवादी पार्टीका संसदीय दलका नेता लालबाबु राउत आफ्नो नेतृत्वमा प्रदेश मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरिरहेका छन् ।
यस्तो छ अहिले प्रदेशको दलिय अवस्था
अहिले तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर जसपाले सरकारको नेतृत्व गरिरहेको छ । प्रदेश २ का १ सय ७ सांसद छन् । त्यसमध्ये तत्कालिन सपा ३०, राजपा २५, नेकपा २१, काग्रेस १९, माओवादी केन्द्र ११ र रिजवान अन्सारी नेतृत्वको समाजवादी पार्टी १ गरि एक सय ७ जना सांसद छन् ।
राजपाका एक सभामुख भएपछि बहुमतको सरकारको लागि ५४ जना आवश्यक छ । मुख्यमन्त्री राउत अहिले वहुमतका मुख्यमन्त्री हुन् । तर, अहिले उक्त संख्या हेरफेर भएको छ । माओवादी केन्द्रले आफ्ना ३ जना सांसदलाई कारवाही गरेपछि सभामा उसको ८ जना सांसद मात्रै छ ।
त्यसैगरि, राजपाका २५ मध्ये २३ जना मात्रै छन् । दुई जना उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साहले राजपा छोडेर उपेन्द्र यादव समुहमा लागेका छन् । त्यसैगरी, नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसदसहित नेपाल–खनाल समूह बहुमतमा छ भने ओली पक्षमा ८ जना मात्र छन् । खनाल–नेपाल समूहका संसदीय दलको नेता सत्रुधन महतो रहेका छन् ।
अहिलेको अवस्थामा राउतलाई मुख्यमन्त्री कायम रहने सम्भावना बढि देखिएको छ । कारण अहिले सपाको ३२, माओवादीको ८ र खनाल नेपाल समूहको १३ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसदले समर्थन गरेपछि कांग्रेस वाहेक पनि सरकार बनाउन सक्ने अवस्था छ ।अर्को तर्फ पुर्व राजपाका सांसद पनि मन्त्री पद दिए आफ्नो पक्षमा ल्याउने सम्भावना पनि उतिकै रहेको छ । यता, सोनललाई कांग्रेस, ओली पक्षले सहयोग गरेपनि बहुमत संख्या पुर्याउन कठिन देखिएको छ । तर माधव नेपाल समुहको सांसदलाई कारवाही गरिएको खण्डमा समिकरण हेरफेर हुन सक्ने बताइएको छ ।