एमालेले हाकिमको सुरक्षाका लागि १० जना कार्यकर्ता खटाएको र आफूलाई गाउँपालिकाको कामकाजमा प्रतिबन्ध लगाएको अध्यक्ष शाहीले बताए। एमालेबाट निर्वाचित उपाध्यक्ष सविताकुमारी रोकायाको कमाण्डमा वडा नम्बर ४ का वडाध्यक्ष जगबहादुर बुढा, उपाध्यक्षका श्रीमान लंकमान बुढा, लोकेन्द्रबहादुर शाही, लालमन बिक, अमरबहादुर शाही, राजबहादुर शाहीलगायत १० जना एमालेका कार्यकर्ताहरू हाकिको सुरक्षार्थमा खटिएको उनको आरोप छ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने अध्यक्षले लगायका आरोप निराधार भएको बताउँछन्। ‘म राजनीति गर्न आएको होइन, कर्मचारी भएर काम गर्न आएको हुँ’, श्रेष्ठले भने, ‘बहुमत पक्षको निर्णय मान्दा एमालेको काम गरेको जस्तो देखिएको हो।’ गाउँपालिका अध्यक्षले गरेका गैर कानूनी र अबैध निर्णयलाई नमान्ने उनको दाबी छ।
विवाद नम्वरः ४
एमालेका जनप्रतिनिधिहरूलाई सघाएपछि माओवादीबाट निर्वाचित अध्यक्ष दत्तबहादुर शाहीलाई गाउँपालिकामा प्रतिबन्धमा परेका छन्। ‘एक महिनादेखि गाउँपालिकाको कार्यालयसमेत जान पाएको छैन,’ अध्यक्ष शाहीले भने, ‘एक महिनादेखि कार्यालयमा पनि जान दिएका छैनन्, मलाई गाउँपालिकामा प्रतिबन्ध नै लगाइएका छन्।’ हाकिमले एमालेका जनप्रतिनिधिसँग मिलेर आफ्ना सबै काम तथा योजनाहरू रोकिदिएको उनको आरोप छ।
विवाद नम्वरः ५
गाउँपालिका अध्यक्ष भन्छन् ‘गाउपालिकामा म अल्पमतमा छु, हाकिमले एमालेले जे–जे भन्छ, त्यही गर्छन्,’ उनले भने, ‘माओवादीलाई समर्थन गर्ने कर्मचारी पनि हटाउने प्रयास भइरहेको छ, हाकिम र एमाले मिलेर मलाई सबै ठाउँमा प्रतिबन्ध लगाइरहेका छन्। गाउँपालिकामा माओवादी र एमालेका जनप्रतिनिधि मात्र छन्। १८ सदस्यीय कार्यपालिकामा एमालेमा १२ र माओवादीका ५ जना जनप्रतिनिधि छन्। त्यस्तै गाउँपालिकामा एमालेबाट २५ सदस्य र माओवादीबाट १९ जना जनप्रतिनिधिहरू छन्।
विवाद नम्वरः ६
विवाद चर्कदै गएकाे बेला प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ एमालेकाे गुटगत भेला गर्दै हिडेका छन् । पालिकाकाे केन्द्र नर्कुमा एमालेकाे भेला र उठबसमात्रै गर्ने हाकिम शनिबार मात्रै इल भन्ने ठाउँमा गएर एमालेकाे ठुलाे भेला गएराएकाे स्राेतले जानकारी दिएकाे छ । स्राेतका अनुसार हाकिम सहित एमालेका स्थानिय नेता र कार्यकर्ताकाे ठुलै भेला भएकाे थियाे । भेलामा हाकिमले म तपाइहरूका लागि लड्ने तपाइहरू मलाइ साथ नदिएकाे भन्दै म जान्छु भनेकाे थिए,तर स्राेत भन्छ एमालेका कार्यकर्ताले सहयाेग गर्ने बताए पछि फेरी गाउँपालिकामै फर्किएका छन् । भेलामा पालिका अध्यक्ष,माओवादीका केहि कार्यकर्ता र समाचार लेख्ने पत्रकारलाइ ठिक पार्ने चर्चा समेत भएकाे स्राेतले जानकारी दिएकाे छ ।