डाेल्पा,उपल्लाे डाेल्पा क्षेत्रमा पर्ने स्थानीय तहहरूमा स्वास्थ्य सामग्री पुगेकाे छ । केहिदिन यता उपल्लाे डाेल्पा क्षेत्रमा काेराेना जस्तै लक्षण भएका विरामी भेटिन थालेका थिए । उपल्लाे डाेल्पामा पर्ने डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे-फाेक्सुण्डाे गाउँपालिका भित्रका गाउँगाउँमा सर्वसाधरणहरू ज्वराे र रूगाखाेकी लागेर धमाधम विरामी पर्न थालेका थिए । ३ गाउँपालिकाले संयुक्त रूपमा डाेल्पाे जनजाति विकास केन्द्र मार्फत स्वास्थ्य सामग्री लिने प्रयास लामाे समय देखि गरिरहेकाे थियाे ।
जनजाति केन्द्रका अध्यक्ष ग्याल्वाे थापा भाेटेका अनुसार अाैषाधी उपकरण पठाउन सफल -उपर डाेल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयाेग गरि रहेको अल्टिच्युट प्राेजेक (Altitude project) काे सहयाेगमा किनिएकाे २३० केजि अति अाबश्यक अाैषाधि र जिल्ला स्वास्थ कार्यलय मार्फत स्वास्थ्य विभागबाट पाएकाे २ थान अक्सिजन कन्सेन्टेटर र हिक्याप (Hecaf 360) बाट सहयाेग प्राप्त स्वास्थ्य सामग्रिहरु उपल्लाे डाेल्पाकाे शे फाेक्सुण्डाे गापाकाे केन्द्र साल्दाङमा पठाइएको डाेल्पाे जनजातिका अध्यक्षले जानकारी दिए ।
लामाे समय देखि कार्णाली प्रदेशकाे सहयोग मागिए पनि नपाएपछि अाज नाेम्यट क्लिनिक ( Nomads Clinic ) काे अार्थिक सहायाेगमा साेहि हेलिमा डाेल्पाे टुल्कु च्यारिरेबल फाउन्डेसनकाे सहयोगमा प्राप्त भएकाे ८०० थान हेपाटाइटिस बिकाे भ्याक्सिन र डाेल्पाे बुद्ध गापाकाे अाम्चिकाे अाैषधिहरु डाेल्पाेबुद्द गाउँपालिकाकाे केन्द्र धाे तरापमा पुर्याइएकाे छ ।
काेभिड परिक्षणका लागि १००,१०० थान काेभिड एन्टिजेन्ट किटहरु पनि दुईवटा गापामा पठाएको छ । तत्कालकाे लागि यति अाैषधि र उपकरणले थाेरै राहत हुने बताउछन्। गाउँ गाउँमा काेभिड फैलिएका अाशंका रहेकोले उपर डाेल्पाकाे तीन पालिकामा राेग र भाेक दुबैकाे ठुलाे समस्य हुने हुँदा संघ सरकार र प्रदेश र विभिन्न गैरसरकारी संस्थामा सहयोगकाे लागि डाेल्पाे जनजाति विकास केन्द्रकाे अध्यक्षले अपिल गरेका छन्।