इमान्दार खवर समाचार प्रभावः मुड्केचुलाका कार्यकारी जितबहादुर श्रेष्ठ र एमाले गुटकाे इल भेलापछि विना लेटरहेड,छाप र मिति समेत नभएकाे विज्ञप्ती जारी ।
डाेल्पा,केहि दिन एता पत्रकार रूपक कुलाल डाेल्पाकाे मुड्केचुला गाउँपालिका ४ दिन घुमेर जनताका पक्षका समाचार प्रकाशन भिडियाे सहित गरिरहनु भएकाे छ । त्यहाँका जनताले उठाएकाे सामाजिक सुरक्षा भत्ता,टावर निर्माणमा काम गरेर जनताले पैसा नपाएकाे लगाएत अन्य याेजना सम्पन्न हुँदा समेत प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले भुक्तानि राेक्नुका साथै साेझा जनताका फाइल फाल्नेसम्मका हर्कतकाे भन्डफाेर गरिरहनु भएकाे छ । साथैँ उक्त समाचारलाइ लिएर अपशब्द सहित धम्किपूर्ण भाषा प्रयाेग गर्ने गाउँपालिका उपाध्यक्ष समेत विवादमा मुछिनु भएकाे छ ।
फलाेअप समाचारकै क्रममा अाइतबार विहान इमान्दार खवरबाट कार्यकारी सहित एमालेकाे गुटगत भेलाकाे समाचार प्रशासन भएकाे थियाे । लगातार पत्रकार रूपक कुलालले इमान्दार खवरबाट प्रशासित समाचारकाे प्रभाव देखिएकाे छ ।
शनिबार बेलुकीमात्रै विवाद चर्कदै गएकाे बेला गाउँपालिकाका प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ फर्किन्छु भन्दै इलसम्म पुगेका थिए । तर त्यहाँ एमालेका कार्यकर्ताले राेकेर बसालेका थिए । पालिकाकाे केन्द्र नर्कुमा एमालेकाे भेला र उठबसमात्रै गर्ने हाकिम शनिबार बेलुकि मात्रै इल भन्ने ठाउँमा गएर एमालेकाे ठुलाे भेला गएराएकाे स्राेतले जानकारी दिएकाे छ । स्थानीय स्राेतका अनुसार हाकिम सहित एमालेका स्थानिय नेता,गाउँपालिका उपाध्यक्षा र कार्यकर्ता सहितकाे २० जना भन्दा बढिकाे ठुलै भेला भएकाे थियाे । भेलामा हाकिमले म तपाइहरूका लागि लड्ने तपाइहरू मलाइ साथ नदिएकाे भन्दै म जान्छु भनेकाे धम्क्याएका थिए,तर स्राेत भन्छ एमालेका कार्यकर्ताले सहयाेग गर्ने बताए पछि फेरी गाउँपालिकामै फर्किएका छन् । भेलामा पालिका अध्यक्ष,माओवादीका केहि कार्यकर्ता र समाचार लेख्ने पत्रकारलाइ ठिक पार्ने चर्चा समेत भएकाे स्राेतले जानकारी दिएकाे छ ।
भेला लगत्ततै अाइतबार उपाध्यक्ष,केहि वडा अध्यक्ष र कार्यपालिका सदस्य सहितकाे एउटा गुटले विना छाप खालि पानामा विना मितिकाे विज्ञप्ती निकालेका छन् । विज्ञप्तीमा समाचार झुटा रहेकाे दावी गरीएकाे छ ।
तर पत्रकार रूपक कुलालले जनताकाे भिडियाे प्रमाण सहितका समाचार विगत केहि दिन देखि लेखिरहनु भएकाे छ ।
एमालेकाे टिका लगाएर गएका ( हाकिम ) प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ र माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीविचकाे टकरापका कारण पछल्ला केहि दिन यता मुड्केचुला गाउँपालिका तनावग्रस्त छ । हाकिम र अध्यक्षले एक अर्कालाइ आराेप प्रत्याराेपका कारण जनता भने सेवा लिनबाट बञ्चित भएका छन् । दुवै जनाकाे टकराप अहिले ठुलाे इस्यु बनेकाे छ । प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठलाइ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहि देखि प्रदेशकै डाेल्पा ख का सांसद विरवहादुर शाहीले सम्झाउँदा समेत नमानेकाे सांसद शाहीले बताए । शाहीले थपे हाकिमकै हठका कारण भाेलि कुनै मुटभेट र रक्तपात भएमा त्यसकाे जिम्मा अध्यक्ष,कार्यकारी र उपाध्यक्षले लिनुपर्छ समेत भनेकाे बताए ।