spot_img

बालबालिका बेचेर टिकेकाे राज्य,बालबालिका बेचेर कराेडाै असुल्दै सरकार

spot_img

नेपाल सरकार र नेपाल बाल संगठनले मिलेर पछिल्लो १८ वर्षमा १९ सय एक बालबालिकालाई धर्मपुत्ररपुत्रीको रूपमा विदेश पठाएका छन् । एक बालबालिका बराबर आठ हजार डलरसम्म लिएर सरकारले तीन हजार र संगठनले पाँच हजार डलरसम्म भागबन्डा गर्दै आएका थिए । सरकार र संगठनले नौ सय ३४ बालबालिका पठाएको अभिलेख राखे पनि हिसाब–किताब दुरुस्त छैन । अझ, यसरी नैपठाइएका थप नौ सय ६७ बालबालिकाको त अभिलेखसमेत छैन ।

उच्च अदालतका पूर्वन्यायाधीश हरिबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगले धर्मपुत्ररपुत्री दिँदा हुने आम्दानीमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र संगठनका पदाधिकारीहरूले ठूलो अनियमितता गरेको औँल्याएको छ । संगठनले साढे तीन करोड र मन्त्रालयले अढाई करोडको हिसाब नै नराखेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

धर्म सन्तानको रूपमा विदेश पठाइएका बालबालिकाको तथ्यांकसमेत मन्त्रालय र संगठनले दुरुस्त राखेका छैनन् । ०४९ देखि ०७५ सम्मको २६ वर्षको अवधिमा नौ सय ३४ बालबालिका धर्मपुत्र÷पुत्रीका रूपमा विदेशीलाई दिइएको दुवै निकायको तथ्यांक छ । तर, हेगस्थित धर्मपुत्ररपुत्री ग्रहणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (एचसिसिएच)को तथ्यांकअनुसार नेपालले सन् २००१ देखि ०१८ सम्म १८ वर्षमा १९ सय एक बालबालिका पठाएको अभिलेख राखेको छ । यसरी ९ सय ६७ बालबालिकाको अभिलेख नै गायब भएको छ ।

महिला, बालबालिकामन्त्री पार्वत गुरुङ भन्छन्– धर्मपुत्ररपुत्रीको नाममा अवैध धन्दा गरेको भेटियो

बाल संगठनले धर्मपुत्ररपुत्री दिँदा अनियमिता हुने गरेको विषयमा मन्त्रालयमा धेरै उजुरी परेका रहेछन् । त्यसकै आधारमा म मन्त्री हुनुअघि नै छानबिनका आयोग गठन भएको रहेछ । म आएपछि छानबिनलाई तीव्रता दिएँ । आयोगले तीन महिना अध्ययन गरेर गत जेठमा प्रतिवेदन बुझायो । बाल संगठनमा कानुनविपरीत धेरै काम भएको भेटियो । यस्तो पवित्र कार्य गर्ने संस्थामा धर्मपुत्ररपुत्रीको नाममा अवैध धन्दा सञ्चालन गरिएको पनि पाइयो । यो दुःखको विषय हो । हामीले संगठनका पदाधिकारीसँग स्पष्टीकरण सोध्यौँ, तर स्पष्टीकरण दिन नै आएनन् । मन्त्रालय चुप लागेर बस्ने कुरा भएन, कानुनविपरीत गतिविधिमा संलग्न हुनेलाई कारबाही हुन्छ ।

अवैध रूपमा बालबालिका बेचेको अभियोगमा कार्यकारी निर्देशक जेलमा

पदाधिकारीहरूले धर्मपुत्ररपुत्री संगठित रूपमै विदेशी नागरिकलाई उपलब्ध गराएको उजुरी परेपछि सरकारले ३१ साउन ०७५ पछि भने अन्तरदेशमा धर्मपुत्ररपुत्री पठाउन बन्देज गरेको छ । तर, त्यसपछि पनि पदाधिकारीहरूले विदेशी नागरिकलाई धर्मपुत्ररपुत्री पठाउने धन्दा जारी राखेको थिए । यही अभियोगमा २९ साउन ०७६ मा प्रहरीले संगठनका तत्कालीन कार्यकारी निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको थियो । उनी अहिले मानव बेचबिखन मुद्दामा जेल सजाय काटिरहेका छन् । प्रहरीका अनुसार डंगोलले बलात्कृत युवतीबाट जन्मेको शिशु बेलायती नागरिक डोन स्मिथलाई ११ लाखमा बेचेका थिए । शिशु लिएर स्वदेश फर्कने क्रममा डोनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले पक्राउ गरेपछि यो तथ्य सार्वजनिक भएको थियो । नयाँ पत्रिकामा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img