spot_img

मुहार फेर्दै डाेल्पाकाे ठुलीभेरी नगरपालिकाः “गाउँगाउँ पुगेर काेराेना परक्षण देखि स्वास्थ्य उपचारसम्म”

spot_img

डोल्पा,पछिल्लाे समय डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले काेराेना विरूद्दकाे लडाइमा सक्रियता बढाएकाे छ । नेपालमा काेराेनाकाे दाेस्राे लहर शुरू भएपछि प्रमुख प्रशासकिय अधिकृतकाे सरूवाहुँदा केहि समस्या झेलेकाे नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद राेकाया आएपछि भने सक्रियता बढेकाे हाे ।

नगरपालिकाका मेयर गणेश बहादुर शाही लगाएतकाे जनप्रतिनिधि र कार्यकारी डिलप्रसाद राेकाया लगाएतकाे कर्मचारीहरूकाे सक्रियतामा जेठ २१ देखि सुरु भएको  अभियान नै शुरू गरिएको थियो ।  सिमित स्रोत साधन र त्यसमै चलाएमान हुनुपर्ने बाध्यताकै बीचबाट नगरपालिकाले आफ्ना नागरिकको ज्यान बचाउन तिब्र रुपमा अभियाननै सञ्चालन गरेर गाउँगाउँमा काेराेना परिक्षण देखि स्वास्थ्य उपचार गर्ने सम्मकाे व्यवस्था मिलाइएकाे नगर प्रमुख गणेश बहादुर शाहीले जानकारी दिनुभयाे ।  बिपदकाे समयमा जो जहाँ छाै , त्यहीबाट आफू बाँच्ने र अर्कोलाइ बचाउने अभियानमा लाग्न समेत नगर प्रमुख शाहीकाे  अनुरोध गर्नुभयो ।

नगरपालिकाले सार्वजनिक गरेकाे जेष्ठ २१ देखि २७ गतेसम्मकाे प्रतिवेदन अनुसार एन्टिजीन बिधिबाट २४९ जना महिला र ७२१ जना पुरुषलाइ कोरोना जाँच गरिएको थियो । ४२ महिला र ३० पुरुषमा कोरोना संक्रमण भएको परीक्षणबाट पत्ता लागेको अधिकृत रोकायाले जानकारी दिनुभयो । संक्रमित ३७ जना महिला र २८ जना पुरुषहरु होम आईशोलेशनमा बसेको बताएको छ । ७ जनालाइ उपचारका लागि नगरपालिकाले सिफारिस गरेको छ । अभियान अन्तरर्गत दुइ टिम बनाएर स्वास्थ्यकर्मी परिचालन गरेर नगरपालिका भित्रका गाउँ ,गाउँमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै कोराना जाँच गर्ने देखि संक्रमणका कारण स्वास्थ्य संस्था सम्मा आउनका लागि डराएका सर्वसाधारणलाइ गाउँमै गएर उपचार गर्न थालिएकाे  प्रमुख प्रशासकीय अधिकृत डिलप्रकास रोकायाले जानकारी दिनुभयो । सवै वडामा गएर उपचारका साथै ,व्यवस्थापन गर्नु चुनौती पूर्ण भएपनि सवैको साथ ,सहयोगले कामलाइ तिब्रता दिइएको निर्मित अधिकृत डिलप्रकास रोकायाले जानकारी दिनुभयो । स्थानीय सरकारको अनुभूति दिलाउनु नै हाम्रो पहिलो ध्यान रहेको उहाँकाे भनाइ छ ।

 स्वाास्थ्य संस्स्था आएर उपचार गर्ने तिव्र चाहाना हुँदा हुँदै पनि भौगलिक विकटताका कारण उपचारमा समस्या भएको स्थानीयले बताएको स्वास्थ्य शाखाले नगरपालिकालाइ बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीयवासीहरुमा प्रभावकारी सचेतनाको अभावका कारण पनि बिभिन्न रोगबाट संक्रमण हुन पुगेको बताएको छ । नगरपालिका भरी सडक सञ्जाल बिस्तार नभएका कारण एक ठाउँ बाट अर्को ठाउँमा जादा भारी समय लाग्ने भएकाले उपचार सेवा लिन समस्या परेको औल्याएको छ । विविध समस्यामा विच पनि स्वास्थ्यकर्मीहरू गाउँगाउँ पुगेर स्वास्थ्य उपचार दिन थालेपछि नागरिकले केहि राहतकाे महशुस गरेका छन् ।

नगरपालिकाले सार्वजनिक गरेकाे कोभिड–१९ एन्टिजीन परिक्षण प्रतिवेदन हेर्न तलकाे लिँक खाेल्नुहाेस् ।

Covid Antigen Test Report Thulibheri Mun

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img