काठमाण्डौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न वेस्टइण्डिज प्रस्थान गरेका छन् । सन्दीप बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को प्रभावकाबीच लामो दौडधुप पछि सन्दीपले वेस्टइण्डिज जाने मौका पाएका हुन् । हवाई यात्रामा लागेको प्रतिवन्धका कारण उनको यात्रा लगभग अनिश्चित जस्तै बनेको थियो, तर सरकारले समेत समन्वय गरेपछि चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न गएका हुन् ।
सन्दीप दक्षिण कोरियाबाट अमेरिका हुँदै वेस्टइण्डिज पुग्नेछन् । सन्दीप अगष्ट १ तारिकमा प्रतियोगिता आयोजना स्थल पुग्नेछन् । ट्रिनिडाड एण्ड टोबागो पुगेपछि सन्दीप १४ दिन क्वारेन्टिन बस्नेछन् । केही दिनको अभ्यासपछि उनले पहिलो खेलबाटै प्रतियोगितामा सहभागिता जनाउने मौका पाउनेछन् । उनी सम्मिलीत टोली जमैका तालाबाजले प्रतियोगिताको दोस्रो दिन आफ्नो पहिलो खेल खेल्दैछ । जमैकाको पहिलो खेल अगष्ट १९ मा सेन्ट लुसिया जुक्ससंग हुनेछ ।आयोजकले सबै विदेशी खेलाडीलाई कम्तिमा अगष्ट १ तारिकभित्र वेस्टइण्डिज आईपुग्न भनेको छ । १८ अगष्ट देखि सुरु हुने करेबियन प्रिमियर लिगमा सन्दीप जमैका ताल्वाजका महत्वपूर्ण खेलाडी हुन् ।
जादाँजाँदै सन्दिपले गरे १ लाख सहयोग
सन्दिपले वेस्टइण्डिज जानु अघि बुधबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कार्यरत गा्रउण्ड स्टाफहरुलाई आर्थिक सहयोगको घोषणा गरेका थिए । सीपीएल खेल्न जाने पूर्व सन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सन्दिपले ग्राउण्ड स्टाफहरुलाई नगद एक लाख दिने घोषणा गरेका हुन् ।