spot_img

सरकारलाई उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह, कार्यकर्तालाई पनि परिचालित हुन निर्देशन

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी–पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।

सापकोटाले  भने, ‘अध्यक्ष प्रचण्डले सरकारलाई पनि बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतलाई तीव्रता दिन दिन भन्नु भएको छ ।सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई पनि टेलिफोन गरी नदी कटान रोक्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न भनेका थिए । सापकोटाले भने, ‘चितवन लगायतका जिल्लाहरुमा बाढीबाट हुने कटान र डुबानको लागि बजेटको प्रवन्ध गर्न अर्थमन्त्रीलाई भन्नु भएको छ । अर्थमन्त्रीले पनि हुन्छ भन्नु भएको छ ।’केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img