spot_img

उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई देउवाको आग्रह

spot_img

 काठमाडौं, नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको देउवाले जानकारी दिएका छन् । ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

देशभरका सबैलाई सजग भएर बाढी पहिरोको विपत्ती सामना गर्न आग्रह गर्दै देउवाले तीन वटै तहका सरकारलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गरेका छन् ।

राहतको प्याकेज घोषणा गर्न माग

यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।बाढीका कारण घरबारविहीन भएकाहरुको उद्धार तथा राहतको व्यवस्था गर्न र बेपत्ताहरुको खोजी गर्न उनले सरकारसँग माग गरेका हुन् ।‘देशभर बाढी पहिरोको मारमा पर्नुभएका आम नागरिकको दुःखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिल गर्दछु,’ नेता सिंहले भनेका छन्, ‘सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस्, घाइतेहरुको उपचार, विस्थापितको व्यस्थापनमा कुनै कसर बाँकी नहोस्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img